विद्युत प्राधिकरण चनौली वितरण केन्द्रमा बन्ने भयो चौतारा

गुञ्जनगर ,२५ -मंसिर ।नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्र चनौली परिसर गुञ्जनगरमा रहेको वरपिपलमा चौतारा निमार्ण गरिन लागिएको छ ।

चौतारा निमार्णको लागि आज वितरण केन्द्रका प्रमुख इन्जिनियर शिशिर लम्सालले शिलान्यास गर्नु भएको छ । केन्द्र  परिसरमा  वैदिक विधि अनुसार शिलान्यास गरिएको कार्यक्रमका पुजारी  पन्डित अग्नी रेग्मीले बताउनु भयो । वितरण केन्द्रका सबै कर्मचारी को सहयोगबाट चौतारा निर्म्माण  गर्न लागिएको केन्द्रका कर्मचारी शालिक सापकोटाले जानकारी दिनुभयो । सो निमार्ण का लागि अन्दाजी १लाख ५० हजार जति लाग्ने केन्द्रका अर्का कर्मचारी राजेन्द्र ढकालले जानकारी दिनुभयो । केन्द्र परिसरको वरपिपलले केन्द्रमा शितलता प्रदान भइरहेको भन्दै वरपिपलमा चौतारा निमार्णको प्रकृया अघि बढाएको ढकालले प्रष्टाउनु भयो । आफ्नो कार्यलय परिसरमा चौतारा निमार्णको लागि शिलान्यास गर्न पाउदा खुशी लागेको केन्द्र प्रमुख लम्सालले बताउनु भयो । नेपालमा बाटोहरुमा ,चोकहरुमा चौतारा निमार्ण गर्ने सस्कृति पनि रहेको छ । पिपल यस्तो रुख हो जसले राती पनि अक्सिजन प्रदान गरेको हुन्छ । तर प्राय अन्य विरुवाहरुले भने दिउसो मात्र अक्सिजन उत्पादन गर्दछन् ।

प्रतिकृया दिनुहोस