रहनुभएन पूर्व जनसरकारको अर्थमन्त्रीका धर्मपत्नी रक्तकाली
चितवन , ७ मंसिर । विभिन्न धार्मिक सस्थामा आवद्ध वाग्मती प्रदेशसभा सदस्य गीता वाग्लेको शाशुआमा रक्तकाली वाग्ले दिवंगत हुनुभएको छ । उहाँ तत्कालिन पश्चिम ३ नम्बर तनहँुका २००८ सालमा मा बनेको जनसरकारका अर्थ मन्त्री अधिवक्ता रामचन्द्र उपाध्याय वाग्ले धर्मपत्नि र हुनुहुन्छ । डिम्मेल्सिया रोगले केहि वर्ष देखि विरामी उहाँको यही मंसिर ५ गते निवास काठमाडौ निधन भएको हो । उहाँको श्रीमान पूर्व जनसरकारकाक अर्थमन्त्री वाग्ले भने २०४६ सालमा नै निधन भएको थियो । वार एसोसीयसन चितवनको पहिलो अध्यक्ष अधिवक्ता वाग्ले २०१७ सालदेखि चितवनमा बस्नुभएको थियो । मालपोत कार्यलय तनहुमा सुब्बा तहमा जागिरे उहाँ राजनीतिमा लागैकै कारण उहाँको जागिर समेत गुुमेको थियो । उहाँलाई सबैले जनसरकारको मन्त्री हुनु पूर्व सुब्बा उपाध्याय भनेर चिन्दथे । अधिवक्ता वाग्लेको २ जना श्रीमतीहरुमध्ये रक्तकाली कान्छी श्रीमती हुनुहुन्थ्यो । उहाँहरुको ८ जना छोरा वुहारीमा ,हाल ६ जना छोरा वुहारी रहनुभएको छ । उहाँहरुको साहिली वुहारी गीता वाग्ले , पूर्व सांसद तथा हाल वाग्मती प्रदेश सभा सदस्य समेत रहनु भएको छ । उहाँ नेपाली काग्रेसको समानुपातिक पूर्व सांसद तथा प्रदेशसभा सदस्य हुनुहुन्छ । राजनीतिकको साथ साथै विभिन्न धार्मिक तथा सामाजिक सस्थाहरुमा आवद्ध हुनुहुन्छ । उहाँको दिवंगत जेठा छोरा अधिवक्ता जीवन वाग्ले तत्कालिन भरतपुरनगरपालिका वडा ४ अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको ५ वर्ष अघि निधन भइसकेको छ । उहाँको साइला छोरा श्रीभक्त अच्युत वाग्ले साहित्य का साथै अन्य विभिन्न क्षेत्रमा अग्रसर हुनुहुन्छ ,भने अन्य छोराहरु पनि विभिन्न सामाजीक तथा धार्मिक क्षेत्रमा क्रियासील हुनुहुन्छ । उहाँको ५ गते नै काठमाडौको आर्यघाटमा वैदिक विधि अनुसार अन्तेष्टि गरिएको छ । उहाँ कान्छा छोरा अनन्त वाग्ले सगँ केहि वर्ष देखि काठमाडौमा वस्दै आउनु भएको थियो । चितवन निवासमा नै रहनु भएका प्रदेशसभा सदस्य परिवारका अन्य सदस्य सहित भरतपुर ४ लक्ष्मीपुर गीतामार्ग मा रहेको निवासमा नै काजक्रियामा वस्नुभएको छ ।
प्रतिकृया दिनुहोस