परमानन्द स्मृति वैदिक गुरुकुल गुञ्जनगर महायज्ञमा गरिने
मंसिर। पश्चिम चितवनको गुञ्जनगरमा रहेको श्री परमानन्द स्मृति वैदिक बिद्या भवन गुरुकुल को शैक्षिक उन्नति र भौतिक संरचना निर्माणका लागि यहि मंसिर ६ गते बाट महायज्ञ संचालन गरिने भएको छ । गुरुकुल व््यवस्थापन अध्यक्ष मु क्तिनाथ ढकालको अध्यक्षतामा सम्पन् वुुुधवार गुरुकुल परिसरमा महायज्ञ सम्पन्न का सम्बन्धमा बसेको एक भेलाले महायज्ञ गरिने भएको हो । सो भेलामा श्री लक्ष्मी बैकुण्ठ मन्दिर लंकुमा पिठाधिश स्वामी जगन्नाथचार्य , बिश्व जागरण महा अभियान ट्रष्ट का अध्यक्ष ईश्वर कृष्ण महाराज लगायत विभिन्न सामाजिक तथा धार्मिक व्याक्तित्वहरु ले महायज्ञ को छलफलका सम्वन्धमा बोल्नु भएको थियो । कार्यक्रम विधालय व्यवस्थापन समितिकाहरु ,विधालयका गुठियारहरु लगायतको उपस्थिति रहेको थियो। सामाजिक दुरी का साथ स्वास्थ्य सतर्कता साथ महायज्ञ गरिने समेत बताएको छ ।महायज्ञको तयारीका लागि वैदिक धर्म परिषद् पश्चिम क्षेत्र कार्य समितिका अध्यक्ष जगन्नाथ कडेल संयोजक रहने गरि यज्ञ सम्पादन समेत समिति आज नै गठन गरिएको छ। कार्यक्रममा शिक्षा प्रेमि , समाजसेवी साथै स्थानिय ब्यक्तित्वहरु को उपस्थिति रहेको श्री परमानन्द स्मृति वैदिक बिद्या भवन गरुकुलका प्राचार्य ज्ञान प्रसाद भुर्तेल ले जानकारी दिनु भयो। गुरुकुल शिक्षा बर्तमान समयमा अत्यान्त आवश्यक रहेको हुदा यसको बिकास र उन्नतिका लागि सबैले अा- अाफ्नो ठाउँ बाट साथ र सहयोग दिएर नै सो महायज्ञ संपन्न गर्न सकिने पनि उहाँले जानकारी दिनु भयो ।गुरुकुल मा हाल ५० जना छात्रहरू अावाशीय सुविधाका साथ अध्यन गरिरहेका छन्। १०कक्षा सम्म अध्यापन भईरहेको गुरुकुलमा आगामी दिन मा ११कक्षा हुँदै अन्य कक्षा पढाउने प्राचार्य भुर्तेल जानकारी दिनु भयो ।
प्रतिकृया दिनुहोस