गुर्जाे बाड्दै आन्तरिक राजश्व कार्यालय कर अधिकृत राजलवट

नारायणढ , १३ कार्तिक
आयुर्वेदिक महत्वको बहुउपयोगी वनस्पती गुर्जाे जनजनमा पुराउने अभियानमा लाग्नु भएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर कमलवहादुर राजलवटले चितवनका विभिन्न संघ सस्थालाई पनि गुर्जाे वितरण गर्नुभएको छ । चितवनको श्री वागीश्वरी आध्यत्मिक परिषद् योगी नरहरिनाथ आश्रमबाट सञ्चालित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा रहेको भरतपुर महानगरपालिका कोभिड १९ आइसोलेशन केन्द्र (कोरोना अस्पताल)मा रहेका कोरोना संक्रमित विरामीहरुलाई पनि उहाँले दशैको भोलीपल्ट गुर्जाेको धुलो औषधी को साथै गुर्जाेको विरुवा वितरण गर्नुभएको छ । त्यसैगरि पतन्जलि योग समिती चितवनलाई पनि उहाँले गुर्जाेको विरुवाको साथै गुर्जाको धुलो औषधी सहयोग गर्नु भएको छ । सो अवसरमा पतन्जजि चितवनको कार्यलयमा गुर्जाेको महत्व विषय सम्बन्धित कार्यक्रम सहभागी हुदै वर्तमान समयमा गुर्जाे सेवन अत्याअवश्यक भएको बताउनु भयो । सरकारी निवासमा लगाएको गुर्जोबाट उत्पादित औषधी र बिरुवा उहाँले देशव्यापी रुपमा निःशुल्क वितरण गरिरहनुभएको छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जोको बिरुवा लगायत यसबाट बनेका सामग्री माग गर्नेको सङ्ख्या पनि हाल दिनप्रतिदिन बढिरहेको पनि छ ।
उहाँले सो अवसरमा गुर्जोको धुलो औषधी, गुर्जाेको चिया प्याकेट, गुर्जाेको लहरा लगायत सहयोग गर्नुभएको हो ।अस्पतालका प्रमुख डा हेमराज कोइरालालले आइसोलेशनमा रहेका कोरोना संक्रमितका लागि गुर्जाेको औषधी खान दिने गरेको बताउनु भयो । उहाँले रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि गुर्जाे अत्यन्त उपयोगी हुने समेत बताउनु भयो । उहाँले यसका साथै गुर्जोको धुलो ग्याष्ट्रिक, माइग्रेसन, मधुमेह, उच्च रक्तचाप, मौसमी रुघा खोकी लगायत विभिन्न रोगका लागि लागि अत्यन्त लाभ हुने बताउनु भयो । पतन्जलि योग समिति चितवनका अध्यक्ष राम प्रसाद वस्तीले पनि वहुउपयोगी वनस्पती गुर्जाेको महत्व वारे गुर्जाे अभियान लाग्नु भएको राजलवटले धेरै राम्रोसगँ प्रकास पार्नुभएको बताउनु भयो । उहाँले दशैको अवसरमा पनि विभिन्न ठाउँमा पुगेर गुर्जाेकोविरुवा का साथै औषधी वितरण गर्नुभएको छ ।

। आयुर्वेद शास्त्रको अनुसार ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्य’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको राजलवटले प्रष्टाउनु भयो । पछिल्लो ७ महिनादेखि राजलवट निःशुल्क गुर्जो वितरण गर्दै आउनु भएको हो । राजलवटले पछिल्लो समय कोरोना संक्रमित, संक्रमितका परिवार र आईसोलेशनमा बसेकाहरुलाई समेत गुर्जोको विशेष धुलो औषधी तथा चिया प्याकेट वितरण गर्नुभको छ । उहाँ गुर्जाे वितरण अभियान लिएर दशैको अवसरमा पनि आइसोलेशन केन्द्र ,संक्रमित भएकाहरुलाई वितरण गर्दे देशव्यायी रुपमा नै हिड्नु भएको छ ।

गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले दिनुभएको छ । माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया र धुलोसमेत उपलब्ध गराउने गरेको उहाँको भनाई रहेको छ । हाल सम्म उहाँले १ लाख भन्दा बढि गुर्जाे को विरुवा वितरण गर्नुका साथै औषधी ,चिया पाकेट पनि वितरण गर्नुुभएको छ ।

गुर्जोको धुलो मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिक, माइग्रेसन, मौसमी रुघा खोकी लगायत रोगका लागि पनि औषधीको काम गर्ने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्यले जानकारी दिनुभयो । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ ।

गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउनु हुँदैन । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।

गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले दिनुभएको छ । माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया र धुलोसमेत उपलब्ध गराउने गरेको उहाँको प्रतिबद्धता छ ।

देशभर एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने यो अभियानमा लागेकाको मत छ । राजलवटलाई योग शिक्षक एवं राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थी, उपत्यकाका विभिन्न स्थानमा सक्रिय सफाइ अभियानकर्मी लगायतले गुर्जोको बिरुवा वितरण अभियानमा सहयोग गर्नुभएको जनाइएको छ ।
गुर्जोसँगै अमला, निम, तुलसीपत्र, समी, कपुर जस्ता औषधीय गुणले युक्त वनस्पति रोपणमा लाग्न पनि अभियानले आम मानिसमा आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

प्रतिकृया दिनुहोस