पुजारी हत्याको विरोधमा चितवनका धार्मिक संगठनहरुले ज्ञापनपत्र वुझाए


चितवन , ७ भदौ
चितवनका विभिन्न धार्मिक संगठनहरुले रौतहट जिल्लाको हनुमान मन्दिरका पुजारी श्री राम शाहको हत्याको विरोधमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाइ ज्ञापनपत्र वुझाइएका छन् चितवनका २५ वटा धार्मिक संघसंस्थाहरु सयुक्त रुपमा आज आइतवार चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई ज्ञापनपत्र वुझाएका हुन् । हिन्दु जागरण नेपालको संयोजनमा भएको सो ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा प्रत्येक मठमन्दिर तथा गुम्वाहरुको सुरक्षाका का लागि तत्काल कदम चाल्नुपर्र्ने माग गरिएको छ । ज्ञापनपत्रमा अपराधीलाई छिटो गिरफ्तार गरि, कानुनबमोजिम सँजाय गर्न समेत माग गरिएको छ
सो कार्यक्रममा , चितवनमा रहेको श्रीलक्ष्मी वैकुण्ठनाथ मन्दिरका अध्यक्ष एवं महन्त श्री १००८ स्वामी जगन्नाथाचार्य, हरिकिर्तन धार्मिक संस्थाका अध्यक्ष (अखण्ड बाबा) उमानाथ कँडेल, धर्म परिषद् नेपालका उपाध्यक्ष, धूवराज शर्मा अर्याल , ब्राह्णण समाज चितवनका अध्यक्ष रुद्रप्रसाद पौडेल, ठकुरी समाज चितवनका अध्यक्ष भेषराज हमाल,

हिन्दु जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा,श्री गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाज, , वैकुण्ठनाथ परम वैदिक विद्या प्रतिष्ठानका अध्यक्ष यमलाल कँडेल, मालिका मन्दिर हाकिम चोकका अध्यक्ष महाप्रसाद सिलवाल , हरिकीर्तन वैदिक धर्मशालाका सचिव फुलनाथ न्यूरे , नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधव सापकोटा, विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेमप्रसाद गैरे, वैदिक राष्ट्रिय शक्ति नेपाल केन्द्रिय अभियान्ता अंगुर पन्त, दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरी, नेपाल स्वयंसेवक संघ वाग्मती प्रदेश अध्यक्ष विश्वनिधि अर्याल, श्रीवैष्णव परिषद् चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटा, वैदिक धर्म परिषद् चितवनका अध्यक्ष सावित्री कँडेल, वैदिक युवा परिषद्का अध्यक्ष प्रताप कँडेल, श्रीवैष्णव युवा परिषद् चितवनका अध्यक्ष वेदप्रसाद आचार्य,े, श्रीवैष्णव महिला परिषद् चितवनका अध्यक्ष तुलसा न्युरे, , शब्द चिन्तन युवा संघका अध्यक्ष वरुण अधिकारी, वैदिक धर्म महिला परिषद्का अध्यक्ष सीता पण्डित, वैदिक युवा परिषद् चितवनका अध्यक्ष अर्जुन सापकोटा लगायतको ऐक्यवद्धता रहेको छ । पुजारी श्रीराम शाहको गत भदौं ३ गते बुधबारको दिन साँझको नियमित पुजा सकेर राती खाना खान बसेका बेला अज्ञात समुहले कन्चेटमा गोली हानी हत्या गरेका थिए ।

 

प्रतिकृया दिनुहोस