परमानन्द  गुरुकुल परिवारले दिए निवासमा नै पुगेर तामाङ्गलाई श्रद्धान्जली  


सिर्जना अर्याल

गञ्जनगर, १४ ,साउन । सबै धर्मसस्कृति , वर्ग समुदायको हित र संरक्षणका लागि साविक गुञ्जनगर गाविसका अध्यक्ष स्व.आइतसिहं तामाङ्गको भूमिका उलेख्निय रहेको एक कार्यक्रम बोल्ने वक्ताहरुले बताउनु भएको छ । तामाङ्गको धर्मपत्नी जोगमाया तामाङ्ग दिवंगत हुनुभएको ११ औ पुण्य तिथीका दिन उहाँलाई श्रद्धान्जली दिने क्रममा बोल्ने वक्ताहरुले यस्तो बताउनु भएको हो । श्री परमानन्द स्मृति वैदिक विद्याभवन गुरुकुलले वुधवार उहाँको निवास गुञ्जनगरमा श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमममा पुग्नु भएका साविक गुञ्जनगरका गाविस उपाध्यक्ष विण्णु ढकालले अध्यक्ष तामाङ्ग सबै क्षेत्र ,वर्ग समुदायका समान दृष्टी राखेर कार्य गर्ने सक्ने कुशल व्यक्तित्व हुनुभएको बताउनु भयो । उहाँ अध्यक्ष तामाङ्गकै कार्यकालको गाविसको उपाध्यक्ष पनि हो ।सो अवसरमा उहाँले गुञ्जनगर गाविसमा थोरै बजेटमा पनि धेरै विकास निमार्ण कार्य गरेको अनुभव सुनाउनु भयो ।कार्यक्रममा परमान्द स्मृति वैदिक विद्याभवन गुरुकुलका व्यवस्थापनका अध्यक्ष मुक्तिनाथ ढकालले उहाँकै सहयोग र साथले गुञ्जनगरमा गुरुकुल स्थापना हुन सकेको बताउनु भयो । उहाँका सहपाठी समाजसेवी खेमनाथ सुवेदी –शास्त्रीले हर कार्य गर्दा आफूसगँ राय सल्लाय स्व. अध्यक्ष तामाङ्गले लिने गर्नुभएको बताउनु भयो । सो गुरुकुलको स्थापनाका साथै गुरुकुललाई भूमि उपलब्ध गराउन तत्कालिन गाविस अध्यक्ष तामाङ्गको योगदान उलेख्निय रहेको गुरुकुलका प्रधानअध्यपाक ज्ञान प्रसाद भुर्तेलले जनाउनु भयो । स्व.आइतसिहं तामाङ्ग साविक गुञ्जनगर गाविसमा २०४९÷ २०५४ सम्म अध्यक्ष हुनुहुथ्यो ।उहाँको गत २०७५ साल वैशाख २५ गते ७९ वर्षको उमेरमा निधन भएको थियो । उहाँकै कार्यकालमा गाविसले वैदिक धर्म परिषद् पश्चिम क्षेत्रिय कार्यलयका लागि २०५३ सालमा ५ कठ्ठा जग्गा उपलब्ध गराएको थियो । सो जग्मामा नै २०५४ साल देखि गुरुकुल सञ्चालन गरिएको छ । हाल यस गुरुकुलमा आवासिय सुविधाका साथ ५० जना छात्रहरुले अध्यन गरिरहेका छन् ।
सो सन्र्दभमा बोल्ने वक्ताहरुले स्व. जोगमाया तामाङ्गको साथ र सहयोगले राजनीति ,सामाजिक क्षेत्रमा अध्यक्ष तामाङ्गले सफलता हासिल सफल हुनु भएको बताउनु भएको छ । उहाँको छोरा आशराम तामाङ्गका गुञ्जनगर कृषि हाट बजारका एवं जय वुद्ध टोल विकास सस्था भरतपुर १८को अध्यक्ष हुनुहुन्छ । जोगमायाको गत साउन ५ गते ८४ वर्षको उमेरम ानिधन भएको थियो । उहाँको आशराम र चन्द्र बहादुर २ छोरा र दुरमाया ,सुकमाया र नौमाया तीन छोरीहरु रहनु भएको छ । उहाँलाई भरतपुर महानगरपालिका १८ परियार , गुञ्जनगर कृषि हाट बजार परिवार लगायतका समाजीक संघसस्थाले पनि समवेदना प्रकट गर्नुभएको छ ।।

प्रतिकृया दिनुहोस