रेमीनाको जन्मदिन सहाराको घरमा
चितवन, ३०,असार। अष्टेलियाकामा बस्नुहुने पुर्वि चितवनका रेमीनाले आफ्नो जन्मदिन साहराको घरमा रहेका बालबालिकालाई सहयोग गरि मनाउनु भएको छ । उहाँको आमा समाजसेवी रितु गिरीले साहराको घरमा शनिवार आयोजित एक कार्यक्रम सो सहयोग प्रदान गर्नुभयो ।
आफ्नो जन्म दिनमा गरीने खर्चलाई सदुपयाग गर्ने उदेश्यले ा गिरीले सहाराको घरमा आवासिय सुविधाका साथ आश्रीतहरु बालीकाहरुसँग जन्मदिन मनाउनुभएको छ ।
केहि वर्ष देखि अध्यनका क्रममा अष्ट्रेलियामा रहनु भएकी गिरीको २४ औ जन्मोउत्सवको अबसर पारी साहाराको घरका बालिकाहरुलाई सहयोग गर्नुभएको हो । उहाँले केहि वर्ष देखि त्यहाँ आश्रित बालिकाहरुसगँ नै जन्म दिन मनाउने गरेको आमा रितु गिरी जानकारी दिनुभयो ।उहाँले आफ्नो छोरीको जन्म दिनको अबसर पारेर सँस्थामा रहेका बालिकाहरुको लागि १५ दिन पुग्ने दैनिक अत्याबश्यकका खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । सो अबसरमा बाग्मती प्रदेश सांसद रिना गुरुड्ड, राष्ट्रिय सहकारी बैकंका लेखा सदस्य तारा गुरुङ, पत्रकार महासंघ चितवनका सदस्य सृजना अर्याल, लायन्स क्लब अफ भरतपुर उज्यालोका सदस्य लक्ष्मी रिजाल, सामाजीक अभियान्ता, दुर्गा घिमीरे, लगाएत बिभीन्न संघ सँस्थामा आबद्ध सामाजिक ब्यक्तित्व हरुको उपस्थिति रहेको थियो । बालगृहहरुमा रहेका बालिकाहरुको लागि विभिन्न सहयोग गरि जन्मदिन मनाउनु उदारणिय कार्य भएको प्रदेश सांसद रिना गुरुङले सो अवसरमा बताउनु भयो । । बिगत लामो समदेखि भरतपुर महानगरपालिका ११ मा रहेर बेसाहाराहरुको साहारा बनेको “सहाराको घर” मा हाल १८ जना बालिकाहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस