पतंजलि योग समिती चितवनमा गूरु पूर्णिमा मनाइयो


नारायणगढ , २२ असार ।आइतवार परेको गूरु पूर्णिमाको अवसर पारेर चितवनमा पनि विभिन्न कार्यक्रमहरु आयोजना भएका छन् । योग र आर्युवेदका क्षेत्रमा कार्यरत पतंजलि योग समिती चितवन अन्तरगतका सबै शाखाहरु मा पनि गूरु पूर्णिमाको अवसरमा कार्यक्रम गरिएको ,योग समिती चितवनका अध्यक्ष राम प्रसाद ओस्तीले बताउनु भयो । योग समिती चितवन कार्यलय नारायणगढमा भएको कार्यक्रममा समिती चितवनका संरक्षक टंकनाथ पौडेल प्रमुख अतिथी रहनुभएको थियो । सो अवसरमा प्रमुख अतिथी पौडेलले गूरुको महत्व मानव जीवनमा अपार रहेको बताउनु भयो । उहाँले योग समिती चितवनको भवनको तला थप्नका लागि १सय वोरा सिमेन्ट सहयोग गर्ने समेत सो अवसरमा भन्नुभयो । गूरु पूर्णिमा का अवसरमा पतंजलि योग पिठका अध्यक्ष स्वामी रामदेव वावा र स्वामी बालकृण्ण आर्चायको तस्विरमा माल्यार्पण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । सो अवसरमा पतंजलि योग समिती नेपालका केन्द्रिय सदस्य हरि बहादुर के.सी , महिला समिती चितवन अध्यक्ष अस्मिता पाण्डे , लगायतका पतंजलि योग समितीका विभिन्न तहमा रहेकाहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस