संकटका बेला सरुको सहयोग

 

चितवन ,जेठ ४ भरतपुर महानगरपालिका वडा नं ३ निवासी युवा समाजसेवी सरु भण्डारीले चितवनमा रहेका विभिन्न आश्रमका साथै दैनिक ज्याला मजदुरी गर्ने केहि परिवारलाई हरियो तरकारी सहयोग गर्नूभएको छ । विश्वजगत् जस्तै नेपालमा पनि कोभिड १९ को कारण धन्यै २ महिनाको लकडाउनमा परेको अवस्थामा आश्रमहरुलाई उहाँले लौका ,बन्दा ,बोडी लगायतका हरियो तरकारी सहयोग गर्नु भएको हो । लकडाउका कारण , वृद्धआश्रम ,बालिका आश्रम सगै गौशालौहरुमा पनि दैनिक उपभोग्य सामाग्रीका लागि समस्याछन् । आश्रममा आश्रित कसैलाई पनि थप समस्या नहोस् भन्ब्दै आफुले सक्ने सहयोग गरेको उहाँलेबताउनु भयो । उहाँले चितवनमा रहेका मानवसेवा आश्रम ,  आश्रम ,श्री रामजानकी बालिका आश्रम , श्री वागिश्वरी आध्यमिक परिष्द योगी नरहरिनाथ आश्रम , आर्दश गृह लगायतका विभिन्न आश्रममा सहयोग गर्नूभएको छ । भने भरतपुर ४ मा रहेका दैनिक ज्याला मजदुरी र्गे १७ परिवारलाई समेत तरकारी सहयोग गरेको समाजसेवी भन्डारीले बताउनु भयो । उहाँका अनुसार मानवसेवा आश्रम बाइपासरोडमा ,१५० केजी बन्दा र १०० केजी लौका , अर्का मानवसेवा आश्रमशरदपुरमा१०० केजी बन्दा र १५० केजी काक्रो , आर्दश गृहलाई ४० केजी लौका र ४० केजी बन्दा, हाम्रो घरलाई ५० केजी बन्दा ६० केजी लौका , ,श्री रामजानकी बालिका आश्रम २०० केजी बन्दा र ७० केजी लौका , श्री वागिश्वरी आध्यमिक परिष्द योगी नरहरिनाथ आश्रममा ७० केजी बन्दा र ५० केजी लौका,कुसुम सहारामा ४० केजी लांंैका र २० केजी बन्दा  लगायतका आश्रमहरुलाई तरकारी सहयोग गरिएको छ । पश्चिम चितवनका विभिन्न क्षेत्रमा फेलेका सो तरकारी को यातयातका लागि भने समाजसेवी दिनेश राठिले सहयोग गर्नुभएको थियो ।
भरतुरमा रहेको हिसांमा परेका महिलाहरुको संरक्षण गर्दे आएको आर्दश गृहले संकटका बेला यस्तो आफ्नो सहयोगी सदस्य समेत रहनु भएको भण्डारीको सहयोग पुण्य कार्य भएको भन्दै यस्तो सेवाभावले गृह परिवारलाई हौसला मिलेको समेत गृहले आफ्नो फेसबुक उल्लेख गरेको छ । यसैगरि दाता दिने बेला खुसी हुन्छन्न
दिईरहेको बेला शान्त हुन्छन् र दिई सकेपछि महान् हुन्छन् भन्दै मानवसेवा आश्रम शाखा कार्यलय चितवनले पनि फेसबुक मार्फत तरकारी सहयोग गर्नुभएकोमा समाजसेवी भन्डारीलाई आभार प्रकट गरेको छ ।त्यस्तै अन्य आश्रमले पनि विप्दको बेला को सहयोगले महान् पुण्य मिल्ने समेत बताउनु भएको छ । उहाँले आफ्नो फेसबुक आईडिमा समेत वडा ३ र ४ कसैलाई तरकारी आवश्यक परे आफूलाई सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस