कोरोनाको कहरमा मलम लगाउदै शारदानगर जेसिज



शारदानगर ,२ जेठ । पश्चिम चितवनमा रहेको शारदानगर जेसिजले  शुक्रवार दैनिक ज्यालामजदुरी गरि जीवन चलाउनेहरु, अस्हाय परिवारका लार्गि शारदानगर जेसिजले राहत वितरण गरेको हो । भरतपुर महानगरपालिका वडा नं,१८,१९ र २० का वडामा राहत वितरण गरेको छ । पश्चिम चितवनका विभिन्न वडामा रहेका असहाय, दैनिक ज्याला मजदुर गर्नेको पहिचान गरी १ सय १० परिवारलाई राहत वितरण गरेको शारदानगर जेसिज वर्ष २०२०का अध्यक्ष प्रमिशा काफ्ले जानकारी दिनुभयो ।सो अवसर भरतपुर महानगरपालिका १८ का अध्यक्ष दिपक लामा ,भरतपुर १९ का अध्यक्ष कर्ण बहादुर गुरुगं , भरतपुर २०का अध्यक्ष मणिलाल तामाङ, शारदानगर जेसिजका पूर्व अध्यक्ष सोम प्रसाद भण्डारी , तम बहादुर पुन ,हरिराज अर्याल लगायतको उपस्थिती रहेको थियोे।
मानवताको सेवा नै जीवनको सर्वाेतम कार्य हो भन्ने जेसिज अभियानको नारासाथ शारदानगर जेसिजले यस अघि पनि विभिन्न क्षेत्रमा सहयोगहरु गरिरहेको शारदानगर जेसिजका पुर्व अध्यक्ष सोम प्रसाद भण्डारीले जानकारी दिनुभयो । सो राहत सहयोगको लागि शारदानगर जेसिज वर्ष २०२० का कार्यसमिती, पुर्व अध्यक्षहरु सहित शारदानगरका युवा समाजसेवी गोपाल गुरुङले आर्थिक सहयोग गर्नुभएको छ ।उक्त राहत वितरण कार्यक्रम बिहान खायो, बेलुका के खाने अवस्थाका , मजदुरहरुलाई र सरकारको राहत अभियानलाई सहयोग गर्नको राहत बितरण कार्यक्रम गरिएको कुरा अध्यक्ष काफ्ले प्रष्टाउनु भयो । उहाँले भरतपुर १७ का १९ घरपरिवारलाई भोलि राहत वितरण गरिन लागेको समेत जानकारी दिनुभयो ,।सबै वडामा नै पुगेर वडा अध्यक्षहरु सहित उपस्थितीमा राहत वितरण गरिएको हो

 

प्रतिकृया दिनुहोस