देवघाट चितवनमा रहेको बालिका आश्रम खाध्यान्न सहयोग

देवघाटधाम , वैशाख ९ 
देवघाटधाम भरतपुर १ चितवनमा रहेको श्री राम जानकी बालिका आश्रम कन्या गुरुकुलम्लाई खाध्यान्न सहयोग जुटेको छ । आश्रम परिसर ,व्यवसायी तथा समाजेवी धुव्र कुमार प्रधानले लआश्रमका बालिकाहरुका लागि १०० केजी चामल र दाल सहयोग गर्नुभएको छ । त्यसैगरि वारह्मण समाज चितवनले पनि वालिका आश्रमलाई १ दिनको खाध्यान सहयोग गरेको छ । कोभिड १९ का कारण विश्व नै संकटमा परेको बेला आश्रमका वालिकाहरुका लागि खाध्यान सहयोगको मेसो मिलाएको धार्मिक तथा सामाजिक अभियन्ता राम प्रसाद ओस्तीले बताउनु भयो । समाजसेवी प्रधानले अस्हाय बालिकाहरको संरक्षण गरिरहेको गुरुकुलम्लाई विपद्का बेला सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । आश्रमका अध्यक्ष सावित्री माताले दाताहरुकै सहयोगले आश्रम चलेको बताउदै लकडाउनका कारण दैनिक उपभोग्य सामाग्रीका लागि विगत भन्दा गार्हो भएको बताउनुु भयो । जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदार तिमेल्सनाले अस्हाय अनाथ वालिकाको संरक्षण र गुरुकुलिय पद्धती अनुसार  पठनपाठन गराइरहेको आश्रमलाई सहयोग गर्न पुण्य कार्य भएको बताउनु भयो । लोक कल्याण सेवा प्रतिष्ठान बाट सञ्चालीत सो ३२ जना बालिकाहरु मात्र रहेका छन् ।उनीहरुले गुरुकुलिय का साथै आधुनिक दवै शिक्षा आश्रमबाट अध्यापन गरिदै आएको आश्रमका गुणराज दाहालले जनाकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस