कोरोनाको कहर हटाउन आज साझँ घरघरमा दिपप्रज्वलनको आवा्हान



चितवन , चैत २३
कोरोना भाइरसले विश्वभर छाएको अध्यारो हटाउन आज आइतवार साझँ विशेष रहेको बताइएको छ । पुर्विय दर्शनका अगुवाहरुले आजको साझँ रवि प्रदोष व्रतको विशेष अवसर भएको भन्दै दिप प्रजव्लन गर्न सुझाएका छन् ।ज्योतिष गणनाका आधारमा आज महत्वपुर्ण योग रहेकोले कोरोना भाइरसको जोखिम हटाउन आजको साझँ ७ बजेर ७ मिनेट देखि ९ बजेर ९ मिनेट सम्म दिप प्रवज्वलन गर्न आग्रह गरिएको छ । आज साझँ र विशेष गरि ९ बजे देखि ९ बजे र ९ मिनेट मा अमृत बेला रहेको युवा पन्डित पुरुषोतम भट्टराईले बताउनु भयो । शास्त्रमा तमसोमा ज्योतिर्गमयको महत्व ठुलो रहेको यस्ता महामारीका वेला शान्तिको कामना गर्दै दिपप्रज्वलन गर्दा त्यसको प्रतिफल मिल्ने हिमाल पञ्चाङ्गकार पद्मनाभ त्रीपाठीले बताउनु भयो।हाम्रो छिमेकी मुलकमा पनि विश्वभर महामारीमा फैलिरहेको कोरोना भाइरसको संक्रमण हटाउन  । भारतभर आज साझँ ९ बजेर ९ मिनेट मा दिप प्रजव्जवलन गर्न मोदी सरकारका तर्फबाट नै आवा्हान गरिएको छ । यो महामारीको अन्त्यका लागि सनातनीहरुले भिडभाड नगरिकन  मठ मन्दिरमा र विशेष गरि घर ,घरमा नै पुजाँ पाठ , मन्त्र जप लगायतका अनुष्ठानहरु गर्ने गरेका छन्

प्रतिकृया दिनुहोस