विपन्न परिवारको दैलोमा खाध्यान्न बाड्दै चितवनका धार्मिक अभियन्ता


नारायणगढ , चैत १९
नारायणगढ, विश्व नै कोरोना सक्रमणको कठिन मोडमा उभिएको अवस्थामा चितवनका धार्मिक अभियन्ता भने विपन्न परिवारको भान्साको जोहो गर्दैछन् । यो संक्रमणका कारण मुलक लकडाउन भएपछि दैनिक रोजगारमा लागि गुजारा चलाउनेको लागि थप समस्यामा परेको छ । उहाँहरुको लागि मात्र नभएर प्रसिद्ध देवघाटधाममा रहनुभएका वृद्ध वृद्धा का लागि पनि चितवनका धार्मिक अभियन्ता भगवान समान बन्नुभएको छ । उहाँहरुले विपन्न परिवार साथै देवघाट क्षेत्रमा रहुनभएकाहरुलाई अ उहाँहरुले खाध्यान्न सहितको सहयोग गर्नु भएको हो । पतन्जली योग समिती चितवनका संरक्षक एवं देवघाट क्षेत्र विकास समितीका पुर्व अध्यक्ष टंकनाथ पौडेल , योग समितीकै संरक्षक एवं माडवारी सेवा समितका केन्द्रिय उपाध्यक्ष उमाशकंर अग्रवाल लगातका धार्मिक अभियन्ताहरुले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्र्ने परिवार का साथै असह्याहरुलार्ई खाध्यान सहित विभिन्न सहयोग गर्नुभएको छ । मैयादेवी ट्रष्ट नेपाल मार्फत क्षेत्र विकास समितीका पुर्व अध्यक्ष पौडेलले दैनिक ज्याला मजदुरी गरि जीवन निर्वाह गर्ने ठिमुरा,रामनगर, देवघाट रहेका ५१ परिवारलाई खाध्यान्न सहयोग गर्नु भएको छ । सो अवसरमा भरतपुर काली बहादुर गणका कर्नेल श्री विज्ञान खनाल ,शसस्त्र प्रहरी वल का प्रमुख श्री खेम थापा , भरतपुर वडा नं १ का कार्यवाहक अध्यक्ष यम राना सदस्य राम माया पिया लगायतको महानुभावहरु सहभागिता जनाउनु भएको थियो ।
, सै गरी , योग समितीकै संरक्षक एवं माडवारी सेवा समिती केन्द्रिय उपाध्यक्ष उमाशकंर अग्रवाल र उहाँको परिवारले भरतपुर १ दियालोरोड मा रहनु भएका अति विपन्न ,अपाङ्ग भएका पचास परिवारहरूमा खाध्यान सहित सेनिटाइजर सहयोग गर्नुभएको छ ।
उहाँहरुले सो सहयोग वितरण गरि रहदा कतिका आखाँ रसायका थिए । यस अघि पनि उहाँहरुले धेरै क्षेत्रमा सहयोग गरिरहदै आउनु भएको छ । धार्मिक अनुष्ठान देखि सामाजीक सक्रियतामा हुने हर कार्यमा उहाँहर हर तरहले सहयोग गरिनै रहनुभएको छ । सो अवसरमा अभियन्ता पौडेले यो पटक फरक अनुभतिका साथ सहयोग गरेको अनुभव सुनाउनु भयो । मुखमा मास्क ,हातमा पञ्जा लगाएर सहयोगको हात हातमा नथमाईकन दिनु पर्ने परिस्थीती जीवनकै फरक आन्नदको क्षण भएको पौडेले बताउनु भयो । अर्का धार्मिक सामाजीक अभियन्ता उमाशंकर अग्रवालले पनि शहर मा रहेका अति विपन्न परिवार लाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । भोलीका दिनमा पनि सहयोग गर्ने उहाँको भनाई छ । सो सहयोग वितरण गर्दा पुरै सुरक्षाको सर्तकता साथ वितरण गरेको युवा समाजसेवि चन्दन अग्रवालले प्रष्टाउनु भयो ।

प्रतिकृया दिनुहोस