दीर्घजीवनका लागि एक घर पाँच जडीबुटी :
पुर्वि चितवन ,२४ फागुन , पाँच योग पाँच जीवनशैली परिवर्तन कार्यक्रम सुरू गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्रले एउटा घरमा पाँचवटा जडीबुटी बिरूवा रोप्ने अभियान सुरू गरेको हो ।
जडीबुटीको मह¤व र प्रयोग बढाउन सचेतना कार्यक्रमसहित जडीबुटीका बिरूवासमेत वितरण गरिएको छ । पहिलो चरणमा वडा नं–१ का ३० घरलाई जडीबुटीका बिरूवा वितरण गरिएको स्वास्थ्यकेन्द्रकी प्रमुख डा. कोपिला अधिकारीले जानकारी दिइन् । घरमै रहेका जडीबुटीको प्रयोग र नभए जडीबुटीको मह¤व बुझाएर बिरूवा रोप्न प्रेरित गर्ने कार्यक्रमसहित अभियान सुरू गरिएको उनले बताइन् । मधुमेह, उच्च रक्तचाप, सरूवा रोग, पेट दुख्ने समस्या, युरिक एसिड, रूघाखोकी, दमलगायतका रोग निको पार्ने जडीबुटीका बिरूवा घरमै रोप्न आग्रह गरिएको उनको भनाइ थियो ।
विशेषगरी घिउकुमारी, गुर्जो, नीम, तुलसी र अदुवाको बिरूवा अनिवार्यरुपमा घरमा रोप्नुपर्ने डा. अधिकारीले बताइन् । घिउकुमारीले उच्च रक्तचाप, मधुमेह, छालाको रोग, जन्डिस र पेटको रोग निको पार्नेछ । गर्जोले मधुमेह, उच्च रक्तचाप, युरिक एसिड र बाथरोगीले प्रयोग गर्दा रोग निको हुने उनले बताइन्
प्रतिकृया दिनुहोस