ः विद्यालयको भौतिक र शैक्षिक गुणस्थर वृद्धिका लागि युवामावीमा पनि धान्याचल
ज्योतिनगर, ५माघ
भरतपुर महानगरपालिका वडा नं २६ मा रहेको युवा माध्यमिक विद्यालय ज्योतिजुनेलीले जग्गा खरिद तथा शैक्षिक गुणस्तर सुधारका लागि श्रीमद्भागवत् धनधान्याचल सप्ताह ज्ञानमहायज्ञ सुरु गरेको छ । माघ १३ गतेसम्म चल्ने महायज्ञको उद्घाटन आइतवार बाग्मती प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलले गर्नुभएको हो । महायज्ञ उद्घाटन पछि
मन्त्वयका क्रममा सांसद भुर्तेलले सामुदायिक विद्यालयको खस्किँदो अवस्थालाई सुधार गर्न महायज्ञले सहयोगी भूमिका खेल्ने अपेक्षा भनाई राख्नुभयो । महायज्ञका प्रमुख वाचक पं बालकृष्ण अर्यालले यस्तो पुण्यको अवसर कहिलेकाहिंमात्र मिल्ने भन्दै सबैसँग सहयोगका लागि अपील गर्नुभयो । भरतपुर महानगरपालिका वडा नं २६ का अध्यक्ष तथा महायज्ञका संयोजक ज्ञान प्रसाद खनालले महायज्ञबाट संकलित रकमले विद्यालयका लागि खेलमैदान खरिद गरिने बताउँदै सबैसँग सहयोगको लागि आग्रह गर्नुभयो । महायज्ञबाट संकलित रकम शैक्षिक गुणस्तर सुधार गर्न र प्राविधिक शिक्षा सञ्चालन गर्नमा पनि प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । महायज्ञको पहिलो दिन आज स्थानीय कृष्णप्रसाद लामिछाने र उनका परिवारले विद्यालयलाई १ लाख १ हजार १ सय ९५ रुपैयाँ प्रदान गर्नुभयो । त्यसैगरी भरतपुर महानगरपालिका वडा नं २६ पनि १० लाख रुपैयाँ सहयोग गरेको छ । प्रदेश सरकारबाट पनि आगामी वर्षको ५० लाख बजेट सहयोग गर्ने प्रमुख अतिथी भुर्तेलले बताउनु भयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारायण ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा जग्गादाता कृण्ण प्रसाद लामिछाने , छिमेकी विद्यालयका प्रधान अध्यापक मित्रबन्धु चापागाई , विद्यालयका पुर्व प्रधानअध्यापक अम्बिका प्रसाद घिमीरे ,प्रधानअध्यापक रामनाथ घिमिरे , सामाजीक अभियन्ता गीता गुरुगं, महिला समुह प्रतिनिधी रुपा खनाल ,पुर्व विद्यार्थी दिननाथ ढकाल, विद्यालयका सहायक प्रधानअध्यापक जिवाखर ढकाल लगायतकाले बोल्नु भएको थियो ,
सहमहायज्ञबाट तीन करोड रुपैयाँ संकलन गर्ने अपेक्षा राखिएको आयोजकले जनाएको छ । त्यसमध्ये १ करोड ६० लाख रुपैयाँबाट जग्गा खरिद गरिने वडाध्यक्ष खनालले बताउनुभयो । महायज्ञ सम्पन्न गर्न करिब ४० लाख रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ । महायज्ञ अवधिमा सामूहिक व्रतबन्ध ,तुलादान ,भुमिदान लगायतको व्यवस्था पनि रहेको विद्यालयका प्रधानाध्यापक रामनाथ घिमिरेले जानकारी दिनुभयो । २०४१ पौष १५ गते स्थापना भएको युवा माध्यमिक विद्यालयले सुरुवाती कक्षाहरू स्थानीयको आँगन, पिँढी र मझेरीमा सञ्चालन गरेको घिमिरेले जानकारी दिनुभयो । । नर्सरी देखि कक्षा १० सम्मको पढाई हुने यस विद्यालयमा ५ सय ४९ विद्यार्थी हाल अध्ययनरत छन । विद्यालयमा अग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई भइरहेको छ । महायज्ञको उद्घाटन पुर्व ,वाजागाजा हात्ती ,रथ ,झागी सहित भव्य कलश यात्रा गरिएको थियो । कलश यात्रालाई स्थानियहरुले घरघरमा घडा राखेर स्वागत समेत गरेका थिए । कलश यात्रा मा विद्यालयका अभिवावक ,स्थानिय आमा समुह , लगायत विभिन्न समुदायका हरु आआफ्नो समुदायको पोशाकमा सजिएर सहभागी भएका थिए । उद्घाटन समारोहमा पश्चिम चितवनमा रहेको एकमात्र गुरुकुल श्री परमानन्द स्मृति वैदिक विद्याभवनका बटुकहरुले स्वती वाचन गरेका थिए ।
प्रतिकृया दिनुहोस