क्रिकेट रगंशाला निमार्णका लागि महायज्ञ

चितवन,माघ २-

चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गर्न लागिएको बृहत धनधान्याचल महोत्सवका लागि १ हजार १ सय ११ सदस्सीय मुल आयोजक समितिको घोषणा गरिएको छ । प्रदेश सभा सांसद विजय सुवेदीको संयोजकत्वमा समितिको घोषणा गरिएको हो । आज रंगशाला निर्माणस्थल रामपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समितिको घोषणा गर्नुभयो ।

समितिको सह–संयोजकमा प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ रहनुभएको छ । उपसंयोजकमा चितवनका ७ पालिका र गैडाकोट नगरापलिका प्रमुख, भरतपुर महानगरपालिका उपप्रमुख, जिल्ला समन्वय समिति उपप्रमुख, राजु श्रेष्ठ, भेषराज दुवाडी, दिर्घमान श्रेष्ठ, राजन गौतम, वेल बहादुर गुरुङ र दिनेश राठी रहनुभएको छ । समितिको महासचिवमा दिनेशकुमार चुके, उपमहासचिवमा राजु पौडेल, चुननारायण श्रेष्ठ, आरसी अधिकारी, रामबाबु ढकाल र कोषाध्यक्षमा शंकर कंडेल रहनुभएको छ ।समितिमा जिल्लाका सबै जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी, खेलाडी, संघसंस्था लगाएतका सबै सरोकारवालाई समावेश गरिएको छ ।  आगामी माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थल भरतपुर १५ मा नै धनधान्यान्चल गर्न लागिएको प्रदेशसभा सदस्य तथा संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । धनधान्यान्चल महोत्सवको प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहनुभएको छ । महोत्सवबाट ५० करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञ उदघाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थिति हुने र उनीहरुबाट नै महायज्ञ उदघाटन गराउने योजना रहेको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस