राष्ट्रिय पुरोहित सम्मेलन आयोजना हुने
काठमाडौ पुष ४
नेपालका विभिन्न जिल्लामा रहनुभएका पुरोहितहरुको हक हितको संरक्षण गर्नुका साथै पुरोहितको योगदानको कदर गर्दै पुरोहित पेशाको गरिमा बढाउने उद्देश्यले राष्ट्रिय पुरोहित सम्मेलन आयोजना गर्ने विषयमा नेपाल पुरोहित संघ र विश्व हिन्दु महासंघ राष्ट्रिय समिति बाँसबारीका पदाधिकारीबिच पुस २ गते छलफल भएको छ । महासंघका महासचिव अरुणकुमार पाण्डे , कार्यसम्पादन सदस्य पं लेखनाथ न्यौपाने र पुरोहित संघका ३ नं प्रदेश संयोजक लिलाप्रसाद आचार्य र पदाधिकारी देवीप्रसाद लम्साल सहितको संयुक्त छलफलले यही पुस अन्तिम साता राजधानी काठमाडौमा सम्मेलन आयोजना गर्नेगरी तयारी थाल्न दुबै संस्थाको संयुक्त बैठक बोलाउने सहमति भएको छ ।
धार्मिक सहकार्यको संस्कृतिलाई अघि बढाउँदै विश्व हिन्दु महासंघ , नेपाल पुरोहित संघ लगायतको आयोजनामा गत मंसिर २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको श्रीमद्भगवद्गीता जयन्ती कार्यक्रममा सहभागी हुनुभएका पुरोहित संघका महासचिव उपप्राध्यापक ख्यामराज घिमिरे, उपमहासचिव कैलाश दाहाल, ३ नं प्रदेश संयोजक लिलाप्रसाद आचार्य लगायतको सकृय भूमिकाप्रती सम्मान गर्दै आगामी कार्यक्रमलाई अझ सशक्त बनाउने र पुरोहित संघका अध्यक्ष पं देवेन्द्र लम्सालको नेतृत्वमा सम्पूर्ण पुरोहितहरुको गौरव बढाउन अझै धेरै काम गर्नेमा दुबै संस्थाविचको सहकार्यलाई निरन्तरता दिने सहमति भएको छ ।
प्रतिकृया दिनुहोस