माला जप्दा जप्दै निधन


मंसिर २९ नारायणगढ
चितवन क्षेत्रपुर निवासी १०२ वर्षका लिलाहरि पोखरेलले म हरेराम हरेकृण्ण मन्त्र जप्दै आफ्नो भौतिक देह त्याग गर्नुभयो । आफ्नै निवासमा शुक्रवार विहान माला जपिरहेकै अवस्थामा उहाँले मृत्युवरण गर्नु भएको पोखरेलका माइला छोरा   शान्त प्रसाद पोखरेलले बताउनु भयो ।उहाँको जेठा छोरा धनराज पोखरेल कृण्ण प्रणामी सेवा समिती रुपन्देहीका अध्यक्ष का साथै विभिन्न धार्मिक तथा सामाजीक क्षेत्रमा आवद्ध हुनुहन्छ । उहाँका माइला छोरा पोखरेल श्री वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमका संरक्षक ,श्री रामजानकी ग्रागी कन्या गुरुकुल देवघाटका उपाध्यक्ष लगायत विभिन्न धार्मिक संघसस्थामा हुनुहुन्छ । उहाँका कान्छा छोरा अशोक पोखरेल पनि योगीनरहरीनाथ आश्रमका केन्द्रिय सदस्यका साथै नारायणी यातयात व्यवशाही संघ का उपाध्यक्ष का हुनुहुन्छ , उहाँपनि विभिन्न धार्मिक तथा सामाजीक क्षेत्रमा आवद्ध हुनुहुन्छ । उहाँका ३ छोरा एक छोरी रहेका छन् । छोरी चन्द्रा भुषाल वुहारीहरु रेखा र विना पोखरेल पनि नरहरीनाथ आश्रम देवघाटधामका आजविन सदस्का साथै विभिन्न आमा समुहमा आवद्ध हुनुहुन्छ । बुवाको धार्मिक सस्कार ले परिवारका सबैमा धार्मिक आस्था रहेको माइला छोरा पोखरेलले बताउनु भयो । वुवाले कृष्ण भगवानको सधै नाम जपिरहने भन्दै वागीश्वरी आश्रममा वागीश्वरी आश्रममा संरक्षित गाईहरुको सधै चिन्ता गर्नुहुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...