विश्व हिन्दु महासघका दुवै समुहका अध्यक्ष एउटै मञ्चमा

मंसिर २२ ,काठमाडौ 
विश्व हिन्दु महासंघका वासँवारीका केन्द्रिय सभापति निल प्रसाद भण्डारी र विश्व हिन्दु महासंघ कंलकीका केन्द्रिय अध्यक्ष रामचन्द्र अधिकारी आइतवार एउटै मञ्चमा देखिनुभयो । ओमकारवाणी मासिक पत्रीका र दुवै महासंघको लगायत विभिन्न धार्मिक सस्थाहरुको आयोजनामा मनाइएको गीता जयन्ती विशेष कार्यक्रममा उहाँहरु राजधानिको प्रज्ञाभवनमा एकै मञ्चमा हुनुहुन्थयो । कार्यक्रमको अध्यक्षता विश्व हिन्दु महासंघका वासँवारीका केन्द्रिय सभापति निल प्रसाद भण्डारी कार्यक्रमको अध्यक्षता गर्नुभयो र आयोजक सस्था विश्व हिन्दु महासंघ कंलकीका केन्द्रिय अध्यक्ष रामचन्द्र अधिकारी विशेष मन्त्वय दिनु भयो । २०३७ सालमा योगी नरहरीनाथ र तत्कालिन राजा विरेन्दको सत्कंकल्पमा विश्व हिन्दु महासंघ स्थापना भएको थियो । सो महासंघ २०६० असोज १५ गते फुट्यो । अहिले भने यी दुवै फुटेका महासंघ कार्यगत एकता सहमत भएका देखिन्छन् । आइतवार आयोजीत गीता जयन्तीका अवसरमा दुवै महासंघको आयोजनाले पनि महासंघ एकिकरण हुने सम्भावना प्रवल देखिन्छ ।

 गीता पूजन , गीता पाठ र गीताका विषयमा विद्वतजनबाट प्रवचन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ हुनुहुन्थ्यो । प्रमुखअतिथि डा  गुरुङले वेदव्यासले रचना गर्नुभएको श्रीमद्भगवद्गीता व्यासभूमी नेपालको आफ्नै सम्पदा भएको तर विश्वभर गीताको प्रचारप्रसार भैरहंदा नेपालमै संस्कृत पढ्ने पढाउने अपमानित हुनुपरेकोमा दुख व्यक्त गर्नुभयो । वेदव्यास मत्स्यगन्धा माझिनी (जनजाति)बाट जन्मिएका हुनाले व्यासरचित संस्कृतका सबै ग्रन्थ नेपाली जनजातिले पढ्नुपर्ने बताउनुभयो । विशिष्ट अतिथी  धर्म सभाका अध्यक्ष प्रा डा माधव   भट्टराईले संसार जन्मेका सबैले पढ्नैपर्ने कुनै एउटा मात्रै पुस्तक छ भने त्यो श्रीमद्भगवद्गीता भएको बताउँदै आफू पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष हुँदा नेपाली पञ्चाङ्गमा पहिलोपटक गीता जयन्तीको तिथि समावेश गरेको बताउनुभयो ।   सो अवसरमा    पूर्वमन्त्री दीनबन्धु अर्याल ,विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा रामचन्द्र अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेल, नेपाल ज्योतिष परिषदका अध्यक्ष मादवराज पाण्डे, जीवन विज्ञानका अध्यक्ष एल पी भानु शर्मा, नेपाल पुरोहित संघका अध्यक्ष पं कैलाश दाहाल, महासचिव देवीप्रसाद लम्साल , दक्षिण यशियाली ज्योतिष महासंघका अध्यक्ष खिलनाथ काफ्ले, महासचिव लक्ष्मण पन्थी, ज्योतिष परिषद उपाध्यक्ष पं लेखनाथ न्यौपाने , वाल्मीकि विद्यापीठका विभागाध्यक्ष प्रा डा देवमणी भट्टराई, सह प्रा डा माधवप्रसाद पाण्डेय, प्रा ख्यामराज घिमिरे, प्रा डा गोविन्दशरण उपाध्याय, डा नमन उपाध्याय, खगोलविद केशवप्रसाद चौलागाईं, महिला ज्योतिष महासंघ अध्यक्ष रतिदेवी श्रेष्ठ योगाचार्य उद्धवप्रसाद भट्टराई लगायत लगायतले मन्त्वय दिनु भएको   ।ॐकारवाणीका प्रकाशक सम्पादक एवम् विश्व हिन्दु महासंघ राष्ट्रिय समिति बाँसबारीका महासचिव अरुणकुमार पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो   पुर्व सांसद विदुषी कान्ता भट्टराईले गीताको द्वादश अध्याय पाठ गर्नुभएको थियो । हरेक घरमा गीता पढ्ने पढाइने गरेमा नेपालमा शान्ति र सदाचारका लागि राज्यले एक पैसा पनि खर्च गर्न नपर्नेमा वक्ता विदुषी  भट्टराईको जोड रहेको थियो ।जीवन विज्ञानका संस्थापक एल पी भानु शर्माले गीताका १८ अध्यायमा वर्णित अठार किसिमका योगको बारेमा सुमधुर प्रवचन गर्नुभएको थियो ।कार्यक्रमका सबै वक्ताले गीतालाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको थियो 

प्रतिकृया दिनुहोस