कन्या गुरुकुलले समानतामुलक समाज निमार्णमा सहयोग पुग्छः सांसद वाग्ले
सो अवसरमा सांसद वाग्लेले गुरुकुलम्बाट प्रकाशित नारायणी स्तोत्रमाला २०७६ को पनि विमोचन गर्नु भएको छ
चितवन ,मंसिर १६
गुरुकुल शिक्षामा छोरीहरुलाई संलग्न गराउन सके समानतामा आधारित समाज निमार्णमा सहयोग पुग्ने प्रदेश सासंद गीता वाग्लेले बताउनु भयो । देवघाटधाममा रहेका रामजानकी ग्रागी कन्या गुरुकुलम्को आयोजनामा आइतवार भएको शक्ति आराधना यज्ञको समापन , रामजानकी विवाहउत्सोव एवं पुस्तक विमोजन कार्यक्रममा बोल्ने क्रममा सांसद वाग्लेले यस्तो बताउनु भएको हो । आधुनिक शिक्षाको होडबाजीमा गुरुकुल शिक्षा चुनौति भएको भन्दै उहाँले बालिकाहरुलाई गुरुकुलिय शिक्षा प्रदान गर्न थप चुनौति भएको धारणा राख्नुभयो ।सांसद वाग्लेले भन्नुभयो ‘ हाम्रो वैदिक सनातन सस्कृतिको उपज गुरुकुल शिक्षा वर्तमानको आवश्यकता पनि हो र यसको लागि राज्यका तीनै तह त्यसमध्ये पनि स्थानिय तहबाटै पहल गरिनुपर्दछ ’ । श्री रामजानकी ग्रागी कन्या गुरुकुलम्का प्रमुख संरक्षक भगवती उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रम कन्या गुरुकुलम्का संरक्षक डा गुरु प्रसाद सुवेदी प्राध्यापक डा.हरिश चन्द्र न्यौपाने, ,भरतपुर महानगरपालीकाका स्वास्थ्य तथा सामाजीक विकास महाशाखा का प्रमुख शान्ता पौडेल, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमीरे डाक्टर मन काफले,भरतपुर १का कार्यवाहका वडाअध्यक्ष शुक्र कुमार श्रेष्ठ ,सीताराम मावी देवघाटका प्रधान अध्यापक मिलनवाबु घिमीरे , रोटरी करुणालयका देवघाटधाम का अध्यक्ष चन्द्रमान श्रेष्ठ गुरुकुलका छात्रा चेतना वाग्ले लगायतकाले बोल्नु भएको थियो ।
रामजानकी विवाहउत्सोवका अवसरमा तीनदिनसम्म आयोजीत शक्ति अनुष्ठानको समापन आइतवार नै गरिएको छ । सो अवसरमा सांसद वाग्लेले गुरुकुलम्बाट प्रकाशित नारायणी स्तोत्रमाला २०७६ को पनि विमोचन गर्नु भएको छ । वि.स २०७५ सालमा स्थापित गुरुकुलमा हाल २८ जना बालिकाहरु अध्यन गरिरहेका छन् । कक्षा ६ र ७ आवासिय सुविधाका साथ विभिन्न जिल्लाका छात्राहरु सो गुरुकुलमा अध्यन गरिरहेका छन् । सो अवसरमा गुरुकुलका छात्राहरुले भजन गाउनुका साथै विभिन्न झाकी प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस