प्राकृतिक अस्पतालमा बढ्दैछ आर्कषण
मंसिर ४ ,चितवन
पुर्विय सस्कृति मा आधारित प्राकृतिक उपचार पद्धती प्रति लाई फेरि पछ्याउन थालिएको छ । हाम्रो प्राचिन धर्मशास्त्रमा प्राकृतिक उपचार पद्धतीबारे धेरै नै लेखिएका छन् तर त्यस पद्धतीलाई विगतमा अभ्यास नगरे पनि पुन अस्पताल नै खोलेर प्राकृतिक चिकित्सा विधीलाई प्रयोगमा ल्याउन थालिएको छ । नेपालको केन्द्र चितवनको भरतपुर
महानगरपालीका ४ मा प्राकृतिक चिकित्सालय नेट फ्रेस हस्पिटल प्रालिबाट पनि प्राकृतिक उपचार पद्धती अनुसार नै उपचार गरिने वुधवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । यस अघि चितवनमा नै केहि प्राकृतिक अस्पतालले आफ्नो सेवा सञ्चालन गरिसकेको छन् ।
प्राकृतिक उपचार पद्धती आधुनिक प्रविधि प्रयोग गरि उपचार शुरु गरिएको पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष गोविन्द हुमागाईंले बताउनु भयो । विगत ५ वर्ष देखि देशभरी गरिएको जीवन शैली र सचेतना सम्बन्धि कार्यक्रमका आधारमा प्राकृतिक अपस्तालकआवश्यक रहेको भन्दै अस्पताल खुलेको अध्यक्ष हुमागाईले प्रष्टाउनु भयो । उहाँका अनुसारर प्रियोगबिना प्राकृतिक वस्तु र साधनहरुको प्रयोग गरि चिरफार विना नै उपचार गरिन्छ । सो का लागि औषधिय प्रजातिका विरुवाहरु पनि अस्पताल परिसरमा नै गरेका छौ र उपचारका क्रममा जैविक र विषादी रहित रेसायुक्त प्राकृतिक आहारलाई नै प्राथमिकता दिने छौ ।
दुई करोड लगानीमा प्राकृतिक चिकित्सालय नेट फ्रेस हस्पिटल प्रालि सञ्चालनमा ल्याएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हाल ३ विघा क्षेत्रफल अस्पताल ले प्रयोग गरे पनि १३ विघा जग्गा अस्पतालमा प्राकृतिक शिक्षा अध्यनअध्यापन गराउन केलेज स्थापना गर्ने उदेश्य प्रालिको रहेको अध्यक्ष हुमागाईले जानाकारी दिनु भयो ।
नेट फ्रेस हस्पिटलमा प्राकृतिक आहारसहितको अन्तरंग सेवा सञ्चालन गरिरहेको छ ।
निशुल्क नै विहान योग को सेवासमेत दिइरहेको अस्पतालमा ा, अकुपंचर, अकुप्रेसर सेवा, फिजियोथेरापी÷रिह्याविलिटेसन सेवा, मसाज थेरापी, मड थेरापी, तथा मनोपरामर्श सेवा पनि हस्पिटलले सञ्चालनमा ल्याएको छ । प्राकृतिक वस्तु र साधनहरुको सदुपयोग गरीसुगर, प्रेसर, दम लगायतका दिर्घ रोगको उपचार गरिने , ढाड, कम्मर, गर्धन दुख्ने, युरिड एसिड, बाथ, हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिस पिनास, टाउको दुख्ने, माइग्रेसन, एलर्जी दम, मानसिक तनाव, पायल्स, ग्यास्ट्रिक, अल्सर, उपचार पनि नेट फ्रेस हस्पिटलमा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ११ जना संस्थापक समिति रहेको यस प्राकृतिक चिकित्सालयमा डा सग्राम पुरी , डा भगवानचन्द्र ज्ञवाली र डा अमित शाहनी लगायतका विशेषज्ञ तथा २१ जना स्वास्थयकर्मीको टिममा संलग्न छन् । १० बेडको उक्त हस्पिटलमा महिला पुरुष विरामीका लागि छुटाछुटै कक्ष उपचार गरिने बताएको छ ।
प्रा
प्रतिकृया दिनुहोस