कन्या गुरुकुल सञ्चालनको लागि भरतपुरमा ज्ञानमहायज्ञ

मंसिर ४, चितवन ।

मंसिर ४, चितवन । कन्या गुरुकुल सञ्चालनको लागि भरतपुरमा धनधान्याञ्जल एवं सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय ऐतिहासीक क्षेत्र देवघाटमा सञ्चालन गरिन लागिएको कन्या गुरुकुल सञ्चालनका लागि मंसिरको दोस्रो साता देखि महायज्ञ गरिने आयोजकले जनाएको छ ।
उंँ शिवशक्ति कल्याणी केन्द्र , भरतपुरको आयोजना हुने सो महायज्ञ पछिल्लो समय धर्म र संस्कृति हराउंँदै र हस्तक्षेप भईरहेको भन्दै गुरुकुल शिक्षा मार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्धेश्यले महायज्ञको आयोजना गर्न लागिएको बताइएको छ । महायज्ञ मुल समारोह समितिका संयोजक रविन्द्र अधिकारीका अनुसार नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका छोरीहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा दिन लागिएको हो । सम्पूर्ण निर्माण सम्पन्न गर्न करीब २० करोड लागत अनुमान गरिएको सो गुरुकुलमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ हुने छ ।१२ रोपनी क्षेत्रफलमा फैलिएको गुरुकुलमा आवास सहितको व्यवस्था, पुस्तकालय, सभाहल लगायतका संरचना निर्माण गर्ने बताइएको छ । महायज्ञको तयारीका लागि विभिन्न समिति उपसमिति गठन गरी काम गर्ने संयोजक अधिकारीले जानकारी दिए । देवघाटमा हाल यस अघि रामजानकी कन्या गुरुकुल सञ्चालनमा रहेको छ । राम जानकी सहित वागिश्वरी आश्रममा पनि योगीनरहरिनाथ समावेशी गुरुकुल विद्यालयमार्फत् पठनपाठन भइरहेको छ ।

 

गरिने भएको छ । चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय ऐतिहासीक क्षेत्र देवघाटमा सञ्चालन गरिन लागिएको कन्या गुरुकुल सञ्चालनका लागि मंसिरको दोस्रो साता देखि महायज्ञ गरिने आयोजकले जनाएको छ ।
उंँ शिवशक्ति कल्याणी केन्द्र , भरतपुरको आयोजना हुने सो महायज्ञ पछिल्लो समय धर्म र संस्कृति हराउंँदै र हस्तक्षेप भईरहेको भन्दै गुरुकुल शिक्षा मार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्धेश्यले महायज्ञको आयोजना गर्न लागिएको बताइएको छ । महायज्ञ मुल समारोह समितिका संयोजक रविन्द्र अधिकारीका अनुसार नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका छोरीहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा दिन लागिएको हो । सम्पूर्ण निर्माण सम्पन्न गर्न करीब २० करोड लागत अनुमान गरिएको सो गुरुकुलमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ हुने छ ।१२ रोपनी क्षेत्रफलमा फैलिएको गुरुकुलमा आवास सहितको व्यवस्था, पुस्तकालय, सभाहल लगायतका संरचना निर्माण गर्ने बताइएको छ । महायज्ञको तयारीका लागि विभिन्न समिति उपसमिति गठन गरी काम गर्ने संयोजक अधिकारीले जानकारी दिए । देवघाटमा हाल यस अघि रामजानकी कन्या गुरुकुल सञ्चालनमा रहेको छ । राम जानकी सहित वागिश्वरी आश्रममा पनि योगीनरहरिनाथ समावेशी गुरुकुल विद्यालयमार्फत् पठनपाठन भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस