विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामाग्री सहयोग

पश्चिम चितवन , कार्तिक १६
,

पश्चिम चितवनको भरतपुर १८ मा रहेको गुञ्जनगर माध्यमिक बिधालयका र भरतपुर २० मा रहेको आधारभुत विधालयका विद्यार्थीलाई चितवन सहायता कोष बेल्जियमले झोला सहितको शैक्षिक सामग्री वितरण गरेको छ । शनिवार विधालय परिसरमा नै पुगेर सो शैक्षिक सामाग्री वितरण गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत, आर्थिक स्थिति कमजोर भएका विपन्न परिवारका बालबालिकाको आधारभूत आवश्यकता लगायत १ लाख २० रकम बराबरको शैक्षिक सामग्री वितरण गरेको कोषले जनाएको छ ।
चतवन सहायता कोष बेल्जियमले श्री आधारभूतका ५४ जना विद्यार्थी र गुञ्जनगर माध्यमिकका ६ सय ५५ जना विद्यार्थीमध्ये६६ जना गरि १२० जना बिपन्न विद्यार्थी लाई शैक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका चितवन सहायता कोष बेल्जियमका निर्वतमान अध्यक्ष दिनेश भण्डारीले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै थप सहयोगका लागि पनि संस्थाले सहयोग गर्ने धारणा राखे। उनले वितरण गरीएको शैक्षिक सामग्रीले विद्यार्थीको उज्जल भविष्य निमार्णमा सहयोग पुग्ने अपेक्षा गरेको भन्दै आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा भरतपुर १८ वडाका वार्डसदस्य जितु तामाङले चितबन सहायता कोषले गरेको सामाजीक कार्यको प्रशंशा गरदै उक्त सहयोग सामग्री सहि सदुपयोग गरेर अध्ययन गर्नु पर्नेमा जोड दिए । स् । बिपन्न परिवारका जेहेन्दार विद्यार्थीले शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट बञ्चित हुनु नपरोस् भन्दै कोषले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम ल्याएको कोषका उपाध्यक्ष कार्यक्रमका अध्यक्ष नारायण पौडेलले बताए । आफ्नो ठाउँ आफैले बनाउनु पर्ने भएकाले अब कसैको मुख ताकेर बस्न नहुने र हरेक विकासका काममा स्थानीय सरकारले साथ् दिनुपर्ने उनले थपे । यस्तै गुरुङ राष्टिय परिषदका चितवनका अध्यक्ष गणेश गुरुङले स बालबालिकाको भविष्य सुनिश्चिच् हुनुपर्ने भन्दै कम्तिमा बालबालिकाहरुले शिक्षा आर्जन गने बातावरण बन्नु पर्ने धारणा व्यक्त गरे ।
कोषका सदस्य सागर अधिकारीले
साथै बालबालिकाहरुलाई सक्षम बनाउन के कस्ता भुमिका खेल्न सक्छांै भन्ने विषयमा पनि क्याट बेल्जीयमले छलफल गरेको वताए ।तेस्तै उनले कोष २०६५ सालदेखि विभिन्न चितवनमा नै स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा सहयोग गरेकोे जानकारी दिए ।
गुञ्जनगर माध्यामिक विद्यालय गुञ्जनगरका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विण्णु ढकालले कोषको कार्यको सरा्हना गर्दै सामुदायिक विद्यालय लक्षित यस्ता कार्यक्रमहरुले शिक्षाको गुणस्थर बढ्न सहयोग पुग्ने बताए ।
श्री आधारभुत प्राविका प्रधानअध्यापक प्रकास घिमीरेले यस्ता सहयोगले विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्ने भनाई राखे । प्यासन चितवनका केन्द्रिय सदस्य बेल बहादुर गुरुगं विद्यार्थीहरुको लागि गरिने सहयोगको सराह्ना गर्नुभयो ।
गरिब तथा जेहन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन पुग्नुका साथै मुलुकभर गुणस्तरिय शिक्षा पुर्याउन निरन्तर लागि परेको सरकारलाई पनि टेवा पुग्ने अपेक्षा कोषले राखेको चितवन सहायताा चितबनका अध्यक्ष राजेन्द्र पौडेलले बताए

प्रतिकृया दिनुहोस