क्याट बेल्जियमको सहयोग बालिकाहरुलाई

क्याट बेल्जियमको बालिकाहरुलाई सहयोग
असोज २५ ,देवघाट चितवन
नेपालीहरुको महान् पर्व बडादशैको अवसर पारेर चितवन सहायता कोष ((क्याट¬) बेल्जियमले देवघाटधाम चितवनमा रहेका बालिका आश्रम र गुरुकुलका बालीकाहरुलाई झोला तथा स्टेशनरी सामान वितरण गरेको छ । चितवन सहायता समाजको संयोजनमा शुक्रबार श्री राम जानकी बालिका आश्रम र राम जानकी कन्या गुरुकुलमा रहेका ५० जना बालिकाहरुलाई क्याट बेल्जियमले नगद सहित स्टेशनरी समान वितरण गरेको हो । विदेशमा रहेर नेपाललाई माया गर्ने एनआरएनको सहयोगले बालिकाहरुलाई प्रेरणा मिल्ने बालिका आश्रमका अध्यक्ष सावित्रा टन्डन (नेपाल आमा) तथा कन्या आश्रमका शिक्षिका गोदा सुवेदीले बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष (क्याट) बेल्जियमका उपाध्यक्ष राजु घिमिरेले आश्रममा आश्रित बालिकालाई शिक्षामा केही राहत पु¥याउन पाउदा निकै खुशी लागेको बताउनु भयो । उहाँले बालिकाहरुको उज्ज्वल भाविष्यका लागी भावी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबैले सहयोगको हात अगाडि बढाउनुपर्नेमा जोड दिनुभयोे ।
यस्तै उद्योग वाणिज्य संघ चितवनका सदस्य ईश्वरीप्रसाद खरालले बालिकाहरुको संरक्षण गरि गुरुकुलमा छोरीहरु पनि पढ्न सक्छन् भन्ने संदेश दिने आश्रम र गुरुकुललाई सबैले सहयोग गर्न आग्रह गर्नुभया । आश्रम सञ्चालन चुनौतिपुर्ण कार्य भएको भन्दै लैगिक मैत्री समाज निमार्ण बालिका आश्रम र कन्या गुरुकुल उदारणिय रहेको बताउनु भयो । (क्याट) बेल्जियमका महासचिव इश्वरी कण्डेलले आश्रमका बालिकाहरुको प्रतिभाले मन छोएको भन्दै बाकि दिनमा पनि सहयोग गर्ने बताउनु भयोे । चितवन सहायता समाज चितवनका अध्यक्ष राजेन्द्र पौडेलले (क्याट) बेल्जियम काहरु बिदेशमा रहेर पनि आफनो मातृभुमिका लागि सहयोग गर्नु प्रशंशनिय कार्य भएको बताउनु भयो । श्री राम जानकी बालिका आश्रममा नै रहेका बालिकाहरुले सो अवसरमा आश्रमका बालिकाहरुले स्वती वाचन गरि स्वागत गान समेत गरेका थिए । आश्रमका नै सबैभन्दा साना ५ वर्षका स्वतिका लोककल्याणी र रेखा लोककल्याणीले सबैलाई टिका पनि लगाइदिनु का साथै सो अवसर दुवै बालिकाहरुले गीता पाठ ै समेत गर्नुभएको थियो । कार्यक्रमा आश्रमका कल्याणी लोककल्याणी सबैको सहयोगले आश्रम चलेको भन्दै आश्रममा बाकि दिनमा पनि सहयोग गर्न अपिल गर्नुभयो ।
कार्यक्रममा (क्याट) बेल्जियमका संस्थापक अध्यक्ष सिता सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशिष्ठ अतिथीहरु क्याट बेल्जियमका निवर्तमान अध्यक्ष दिनेश भण्डारी, एनआरएन आईसिसि सदस्य एवं क्याट वेल्जियमका सल्लाकार सरस्वती चापागाइ , एनआरएन पूर्व अध्यक्ष एवं क्याट वेल्जियमका सल्लाकार प्रेम गुरुङ् , (क्याट) बेल्जियमका उपाध्यक्ष नारायण पौडेल, क्याट युकेका उपाध्यक्ष रामु भटराई , चितवन समाज अष्टेलियाका मुकन्द भटराई , नवलपराशी वेल्जियम समाजका अध्यक्ष बिजय मल्ल , चितवन सहायता समाज पोर्चुगलका सदस्य प्रलाद कण्डेल, (क्याट) बेल्जियमका सदस्य सागर अधिकारी ,चितवन सहायता समाजका आजिवन सदस्य पार्वती भन्डारी , नुतन शर्मा , केशव चापागाई ,विश्वराज अर्याल , सामाजीक व्याक्तित्व विण्णु ढकाल, हरिराज अर्याल ,विश्व निधी अर्याल ,श्री राम जानकी बालिका आश्रमका महासचिव रामेश्वर खनाल , चितवन सहायता समाज चितवनका कोषाध्यक्ष बिजया रेग्मी , सदस्य पावती पौडेल लगायतका नेपाली एनआरएनको उपस्थिति रहेको थियो । लोक कल्याण सेवा प्रतिष्ठान द्धारा संचालित राम जानकी बालिका आश्रम पहिलेको स्थानभन्दा पर सिताराम संस्कृत माध्यमिक विद्यालयमा सरेको आश्रमले जानकारी दिएको छ । विगत १४ वर्षदेखि स्वाथ्य क्षेत्रमा सहयोग पु¥याउदै आएको (क्याट) बेल्जियमले गत वर्षदेखि शिक्षा क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको छ ।हाल राम जानकी बालिका आश्रममा ३२ जना बालिका रहेका छन् भने राम जानकी ग्रार्गी कन्या गुरुकुलमा २३ जना बालिका छन । २०६५ सालमा स्थापना भएको (क्याट) बेल्जियमले स्थापना काल देखि भरतपुर अस्पतालमा उपचार गराइरहेका थालेसिमीयाका विरामीहरुलाई आर्थिक लगायतको सहयोग गर्दे आएको छ ।

प्रतिकृया दिनुहोस