बागीश्वरीमा घासँ रोपियो

देवघाटधाम असोज १९
श्रीवागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम बाट सन्चालीत गौ संरक्षण केन्द्रमा संरक्षित स्थानीय जातका गाइहरुको हरित आहारका लागि सुपर पायोनियर नामको घाँस रोपीएको छ । शुक्रवार आश्रम परिसर भरतपर १ देवघाटधाममा सो घासँको विउ रोपिएको हो । श्री स्वस्थानी घाँस उत्पादन केन्द्रका प्रमुख श्री विष्णु भट्टद्वले एक मिनि ट्रक घासको बीउ उपलब्ध गराउनु भएको थियो। कार्यक्रममा
परिषदका संरक्षक शान्त प्र पोखरेल,अध्यक्ष
शैलेन्द्र कुमार पिया,वरिष्ठ उपाध्याक्ष इश्वरी प्रसाद खराल,उपाध्याक्ष तथा गौ संरक्षण केन्द्रका संयोजक
रामप्रसाद वस्ती,देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल,श्री स्वस्थानी घाँस उत्पादन केन्द्रका प्रमुख विष्णु भट्ट,जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका अधिकृत एवम् जवानहरु लगायतका
व्यक्ती व्यक्तित्वहरुले उक्त अवसरमा श्रमदान गर्नु आश्रमबाट सन्चालीत गुरुकुल र गौ संरक्षण केन्द्रका सचिव योगाचार्य यदुनाथ पोखरेल जानकारी दिनुभयो ।

आश्रममा १ सय ५० भन्दा बढि स्थानिय प्रजातिका गाईहरु लाई संरक्षण गरिएको छ । गाईको गहँतबाट गौ अर्क समेत उत्पादन हुने गरेको गौ अर्कका व्यवस्थापक भुपाल आर्चायले   बताउनुु भयो ।गौ अर्क आयुविेदिक औषधिका रुपमा विभिन्न रोगको उपचारमा प्रयोग गर्ने गरिन्छ 

प्रतिकृया दिनुहोस