कालिकाको बार्षिकउत्सबको शुभारम्भमा देबघाट आश्रमका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

चितवन, असोज, १ ।
चितवनको भरतपुरमा रहेको कालिका मिडियाले आफ्नो १७ औँ बार्षिक उत्सबको अबसरमा देबघाटमा रहेका बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । कालिका मिडियाले बृहत रुपमा मनाउने एक महिने कार्यक्रम अन्तरगत बुधबार (आज) देवघाटका बृद्ध–बद्धाहरुलाइ निशुल्क स्वास्थ्य परिक्षणसंगै सम्मान तथा खाना खुवाउने कार्यक्रम भएको कलिका मिडियाका निर्देशक दीपक पौडेलले बताउनुभयो 

पौडेलका अनुसार देबघाटका आश्रममा रहेका ३३ जना बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परीक्षणकोलागि कालिका मिडियाले फिजिसियन डाक्टरहरु शान्ति भण्डारी र बिकाश भण्डारीलाई आश्रममा लगेर स्वास्थ्य परिक्षण गरेको हो ।
आफ्नो घर परिवारबाट बिछोड भएकाहरु देबघाटमा गएर आश्रय लिएर बस्ने गरेका छन् ।

यसरी घरपरिवारबाट बञ्चित भएका बृद्धबृद्धाहरुलाई कालिका मिडियाले प्रत्येक बर्ष सम्मान गर्दै बार्षिक उत्सबका कार्यक्रको सुरुवात गर्ने गर्दछ । सो कार्यक्रमा बोल्दै कालिका मिडियाका निर्देशक पौडेलले बृद्धबृद्धाको आशिर्वादले आफुहरु यो स्थानमा आएको बताउनुभयो । उहाँले एक दिनको कार्यक्रमले केही नभए पनि एक जनाले एउटा संस्थालाई एक दिन यस्ता कार्यक्रम गरिदिए बर्षभरी नै अभाव नहुने धारणा राख्नुभयो ।कालिका मिडियाले १७औँ बार्षिकउत्सवमा विभिन्न क्षेत्रलाई लक्षित गरि १४ वटा कार्यक्रम तय गरेको छ । यो बर्ष महिला हिंसा तथा चेलिबेटी बेचविखन विरुद्ध अन्तरक्रिया कार्यक्रम र लागु औषध प्रयोगकर्ताको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम कालिका मिडियाले नयाँ कार्यक्रमका रुपमा अघि सारेको कालिका एफ एमका स्टेशन मयानेजर ओमप्रकाश आचार्यले बताए ।कालिका म्युजिक अवार्ड, बृहत राष्ट्रिय लोकदोहोरी तथा विविध साँस्कृतिक महोत्सव, राष्ट्रिय पञ्चै तथा सारंगी गन्धर्व बाजा प्रतियोगिता, शिक्षक तथा प्राध्यापकहरुलाई लक्षित गर्दै फुटसल प्रतियोगिता, अन्तर सहकारी महिला हाजिरीजवाफ प्रतियोगिता, कृषक समुह बीच हाजिरीजवाफ प्रतियोगिता, श्रष्टा, सृजना र संवाद कार्यक्रम र अन्तरकर्मचारी प्रतियोगिता लगाएतका कार्यक्रम राखिएको आचार्यको भनाई छ । यस बर्ष प्रदान गरिने पन्ध्रौं संस्करणको कालिका म्युजिक अवार्ड ३० विधामा प्रदान गरिने कालिका टिभी एच डि का स्टेशन म्यानेजर राजकुमार लामिछानेले बताउँनुभयो ।

प्रतिकृया दिनुहोस