लक्ष्मीवैकुण्ठनाथ मन्दिरको अधिवेशन सम्पन्न
चितवनको धार्मिक नगरीका रुपमा परिचत लंकु मा रहेको लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् यस बाट संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुल), े साधारण सभा तथा अधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व चयन गरेको छ । मन्दिर परिसर लंकुमा नै शुक्रवार मन्दिरका सञ्चालक समितिका अध्यक्ष एवम् पीठाधीश स्वामी श्री जगन्नाथाचार्यज्युको अध्यक्षतामा भएको सो कार्यक्रममा
हरिहर सन्न्यास आश्रम , देवघाटधामका पीठाधीश स्वामी श्री ज्ञानानन्द सरस्वती जी महाराज र स्वामी श्री श्रीनिवासाचार्यज्युको प्रमुख आतिथ्य सम्पन्न भयो उक्त साधारणसभामा मन्दिर संचालक समितिका निवर्तमान सचिव ज्यो. श् माधव सापकोटाज्युले सचिवको प्रतिवेदन ,कोषाध्यक्ष श्री पुरुषोत्तम सापकोटाज्युले लेखापरीक्षण प्रतिवेदन , गुरुकुल संचालक समितिका सचिव डा. श्री लक्ष्मीनाथ कंडेलज्युले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।सो कार्यक्रममा निर्वाचन समितिका संयोजक सह-प्राध्यापक श्री रामचन्द्र कंडेल ,वैदिक धर्म परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष श्री ध्रुवराज शर्मा अर्याल , वैदिक युवा परिषद्का केन्द्रीय अध्यक्ष श्री प्रताप कंडेल ,श्रीवैष्णव परिषद्का केन्द्रीय सदस्य श्री टिकाराम कंडेल , भरतपुर-४ का वार्ड सदस्य श्री प्रेमप्रसाद पाठक, स्वामी श्री केशवाचार्य जी, स्वामी श्री पद्मनाभाचार्य जी,समाजसेवी श्री जयप्रसाद सापकोटा , श्री टिकाराम सापकोटा लगायतका महानुभावहरूले मन्तव्य राख्नुभएको थियो। गुरुकुलका तत्कालीन उपाध्यक्ष श्री यमलाल कंडेलज्युले स्वागत मन्तव्य तथा गुरुकुलका विद्यार्थीहरूबाट वैदिक मङ्गलाचरणका साथ सुरुवात भएको उक्त कार्यक्रमको संचालन डा . गोपीनाथ कंडेलज्युले गर्नुभएको थियो। अधिवेशनले आगामी ३ वर्षका लागि निमन्दिर संचालक समितिको गठन गरेको छ।
जसको अध्यक्षमा श्री स्वामी जगन्नाथाचार्य उपाध्यक्षमा श्री सावित्री कंडेल सचिवमा श्री कमलनयन कंडेल सहसचिवमा श्री जगन्नाथ कंडेल कोषाध्यक्ष ,श्री पुरुषोत्तम सापकोटा सदस्यहरुमा , श्री नारायणप्रसाद सापकोटा, श्री नवराज सापकोटा ,श्री तुलसीदास( तारानाथ) कंडेल ,श्री हरिमाया ( देवी) सापकोटा ,श्री नारायणप्रसाद खरेल , श्री रामचन्द्र सापकोटाहरु रहनु भएको छ
विद्याप्रतिष्ठानम् संचालक समिति य अध्यक्ष श्री यमलाल कंडेल उपाध्यक्ष : श्री लक्ष्मीधर अर्याल सचिव: डा.श्री लक्ष्मीनाथ कंडेल सहसचिव :डा.श्री गोपीनाथ कंडेल कोषाध्यक्ष:श्री हरिमाया (सीमा) सापकोटा कंडेल सदस्यहरुमा : श्री खगेन्द्रराज शर्मा,श्री श्रीहरि( हरीश) कंडेल ,श्री गोविन्दप्रसाद कंडेल ,श्री हीरामणि खराल,श्री लीलावती सापकोटा ,श्री नारायणप्रसाद सापकोटा (कुनावारी), श्री जयप्रसाद सापकोटा ,श्री रामचन्द्र लामिछाने ,श्री कमलनयन कंडेल ,श्री पुरुषोत्तम सापकोटा रहनु भएको छ
प्रतिकृया दिनुहोस