असाधरण प्रतिभाका बालक बालज्ञानी आदित्यको प्रशंशा


वैशाख १ ,काठमाडौ
असाधारण प्रतिभा भएका बालक (बालज्ञानी गुरु )आदित्य दाहलको संकल्पमा आयोजीत त्रि गजुर शिवालयको प्राण प्रतिष्ठा एवं ओम आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान समापन भएको छ । यसै अवसर पारेर गत चैत्र २४ गते देखि
राजधानी काठमाडौंको गौरीघाटस्थित आदित्य कुञ्ज मा विशेष कार्यक्रमहरु सम्पन गरिएको थियो । अनुष्ठान कै कलात्मक शैलीमा विश्वमा नै पहिलो पटक निमार्ण गरिएको त्रिगजुरको शिवालयको प्राण प्रतिष्ठा , गायत्री मन्त्र जपहवन , वैदिक मन्त्रहरुको पाठ पारायण ,ओम आदिमणि मन्त्र सहस्रकोटि हवन लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ । महाअनुष्ठानको अन्तिम दिन त्रिगजुर शिवालयको प्राण प्रतिष्ठा एवं आदित्य ज्योति पथको अंग्रेजी संस्करणको औपचारिक विमोचन गरियो । विमोचन समारोहमा
प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा एनआरएनएका सस्थापक अध्यक्ष उपेन्द्र महतो,लगायत विशिष्ट व्याक्तिहरुको उपस्थिती रहेको थियो । सो किताबको विमोचन गर्दै
प्रधानमन्त्री ओलीले भने, ‘आजको विश्वमा विना स््रा्रोतको ज्ञान प्राप्त गर्ने एक मात्र मानवजाती मानव जातीको सन्तान आदित्य दाहाल मात्रै हो । यो विज्ञानका लागि असाधारण र धेरै गहन चुनौति हो ।’

त्यसैगरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आदित्यका आविश्कार, अभिव्यक्ति लगायत असाधारण भएको बताए ।
पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले आदित्यमा अद्धितिय प्रतिभा रहेको भन्दै त्यो सबै नेपालीका लागि गौरवको विषय रहेको बताए ।

कार्यक्रममा नै उपस्थित बौद्ध धर्मगुरुहरुले पनि पुजाँ अर्चना गरेका थिए । सो कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराईएको थियो । महाअनुष्ठानको अन्तिम दिन बालज्ञानी गुरु आदित्यको उपनयन (ब्रतबन्ध) गरिएको छ । ब्रतबन्धका क्रममा पनि उनी मुस्कुराई रहेका थिए ।

 

प्रतिकृया दिनुहोस