वैदिक धर्मपरिषद् चितवनका सस्थापक कण्डेललाई सम्झदै परिषद् परिवार
भरतपुर ४ चैत्र २०
बालकृण्णगुरो उदार मनका धर्मिष्ठमा थियौ
हाम्रा वैदिक धर्म निम्ती सुकिलो संस्था उभ्याई गयौ
छाडी काम अनेक चट घरका धमाथृ नै लाग्दथ्योै
सारा यी जनता जगाउन छिटै आफु स्वयं जागदथ्यौ
यी कविताका हरफहरु वैदिक धर्म केन्द्रिय कार्यपरिष्द ,केन्द्रिय युवा कार्यपरिषद् र केन्द्रिय मातृशक्तिकार्यपरिषद्को सयुक्त शोकश्रद्धान्जली पत्रमा उल्लेख छन् ।
वैदिक धर्म कार्यपरिष्द चितवनका सस्थापक अध्यक्ष वालकृण्ण कण्डेल दिवंगत हुनु भएको ५ औ पुण्य तिथीका दिन परिषद् चितवले वुधवार शोकसभा कार्यक्रम सम्पन्न गरेको छ । सो शोक सभामा यस्ता मार्मिक कविता हरफहरुले भरिएका समेवदापत्र वाचन गर्दा शोकसभामा उपस्थित प्रायका आखाँ रसाएका थिए । परिषद्का पुर्व केन्द्रिय अध्यक्ष श्री लक्ष्मीबैकुण्ठनाथ मन्दिर लंकुका पिठाधिश स्वामी जगन्नाथाचार्यले शोकश्रद्धान्जली पत्र वाचन गर्दे सस्थापक कण्डेलले धार्मिक तथा सामाजीक क्षेत्रमा पुराएको योगदानको वारेमा चर्चा गर्नुभयो । आशिवार्द छरे यतातिर सधै सस्था यिनी मौलिउन्
माया शुन्दर स्वच्छ सर्वजनमा बाँड्दै खुबै फेलिउन्
ुसारा वैदिक आपसमा मिली सद्भाव मीठो छरुन्
यो संसार सुसभ्य उन्नत सदा अध्यात्मधारी गरुन्
यस्ता काव्य हरफहरु रहेका सो समवेदनापत्र वाचनका क्रममा सस्थापक कण्डेल धर्मसस्कृति रक्षाका लागि गर्नुभएको त्याग ,समपर्ण र योगदानले कलियुगका भिष्मपितामह समान भनि गुरुजनहरुले समेत भन्नुभएको भनि पिठाधिश जगन्नाथचार्यले ।प्रष्टाउनु भयो । सस्थापक कण्डेलको निवास भरतपुर ४ वैदिकनगरमा आयोजीत शोकसभामा मन्त्वय दिदै परिषद्का केन्द्रिय अध्यक्ष पन्डित लोकनाथ खरेलले सस्थापक कण्डेलको निधनले परिषदलाई नै टुहुरो भएको बताउनु भयो । केन्द्रिय अध्यक्ष खरेलले सनातन वैदिक धर्म सस्कृतिको संरक्षण सस्थापक कण्डेलको योगदानको अतुलनिय रहेको भन्दै उहाँको योगदान कसैले नभुल्न सुझाप दिनु भयो ।
वैदिक धर्म कार्यपरिषद् चितवनका अध्यक्ष सावित्री कण्डेलको अध्यक्षतामा भएको सो शोक सभामा
वैदिक धर्म केन्द्रिय युवा परिषद् का अध्यक्ष ज्योतिषाचार्य. प्रताप कण्डेल , परिषद् केन्द्रिय सदस्य भुपेन्द्रराज भटराई ,परिषद् नवलपरासीका अध्यक्ष नारायण पाण्डे , षट्कोण आमा महासमुहकी लिला कण्डेल लगायतले स्वर्गिय सस्थापक कण्डेलले धर्म सस्कृतिको क्षेत्रमा पुराउनु भएको योगदानको बारेमा बोल्नु भयको थियो ।
सो शोकसभामा वैदिक धर्म केन्द्रिय कार्यपरिष्का उपाध्यक्ष धुवराज शर्मा अर्याल , केन्द्रिय पुर्व महासचिव जगन्नाथ कण्डेल, सहसचिव हरी प्रसाद कण्डेल , केन्द्रिय सदस्य गोपाल प्रसाद कण्डेल, लक्ष्मीकान्त पराजुली , सपना रिजाल, लक्ष्मीनाथ कण्डेल, पुर्व केन्द्रिय सदस्य मोतिलाल ढकाल , केन्द्रिय महिला कार्यपरिषद् केन्द्रिय अध्यक्ष तारा भण्डारी ,केन्द्रिय सदस्य इन्दिरा शर्मा अर्याल ,पुर्व केन्द्रिय सदस्य यमुना आर्चाय , केन्द्रिय युवा कार्यपरिषद्का उपाध्यक्ष कृण्ण प्रसाद न्युरे , युवापरिषद् चितवनका अध्यक्ष अर्जुन सापकोटा , महिला कार्यपरिषद चितवनका अध्यक्ष सीता पन्डित , परिषद् चितवन क्षेत्र ३ का अध्यक्ष नारायण खराल , ४ का अध्यक्ष जगन्नाथ कण्डेल,हिन्दु राष्ट संरक्षण संघका केन्द्रिय अध्यक्ष प्रेमनिधी भारद्धाज, हिन्दु जागरण चितवन का सचिव कृण्ण भुषाल, श्री परामानन्द सस्कृत गुरुकुल गुञ्जनगरका अध्यक्ष श्रीलाल अधिकारी सचिव , मुक्तीनाथ ढकाल, प्रार्चाय ज्ञानप्रसाद भुर्तेल लगायतका धार्मिक तथा सामाजीक अभियन्ताहरु उपस्थित थिए ।
कार्यक्रममा परिषद् केन्द्रिय समिती ,युवा समिती , केन्द्रिय महिला समिती ,लगायत परिषद् जिल्ला का विभिन्न समिती र भरतपुर ४ लंकुमा रहेको षट्कोण आमा महासमुहमा आवद्ध लैक्ष्मी बैकुण्ठनाथ आमा समुह, दिदीबहीनी आमा समुह , शान्ति आमा समुह ,राधाकृण्ण आमा समुह ,श्री वैण्णव महिला पषिदले समवेदना पत्र समेत प्रदान गरेका थिए ।
धार्मिक का साथसाथै सामाजीक क्षेत्रमा पनि सक्रिय स्व कण्डेले नवज्योती राप्राविका लागि जग्गा दान समेत गरनु भएको छ । रेडक्रस चितवका आजिवन सदस्य स्व कण्डेल भारद्धाज आश्रमका सस्थापक संरक्षक पनि हुनुहुन्थयो् ।
कण्डेल वंशावलीका अनुसन्धान समाजका अभियन्ता समेत रहु भएका स्व कण्डेल लोककल्याणकारी सहकारीको सस्थापक सदस्य , जय श्री गणेशमन्दिर सस्थापक सदस्य विभिन्न धार्मिक ,सामिाजीक संघसस्थामा आवद्ध हुनुहुन्थयो । उहाँको गत चैत्र १६ गते ७८ वर्षको उमेरमा निवासमा नै निधन भयको थियो । स्व कण्डेलका १ छोरा,१ श्रीमती र ३ छोरीहरु रहेका छन् । विगत ७ वर्ष देखि विभिन्न रोगले उनी सिकिस्त विरामी हुनुहुन्थयो ।
प्रतिकृया दिनुहोस