कल्पवासका जेष्ठनागरिकसगँ नारी दिवस


फागुन २५ देवघाटधाम

विश्व शान्ति महिला संघ नेपाल (डब्लु एफडब्लु पि) ¬ंचितवन शाखाले देवघाट गाउँपालीका ५ देवघाटधामका कल्पवासमा रहेको महिला जेष्ठनागरिकसगँ शनिवार एक कार्यक्रम आयोजना गरि १०९ औ अन्तराष्टिय महिला दिवस मनाएको छ ।
देवघाटमा रहेको महिलाबाट सञ्चालित इन्दिरा सन्यास आश्रम दुर्गापञ्चाङ्ग शक्तिपीठ परिसरमा आयोजीत कार्यक्रमको प्रमुख अतिथी देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल रहेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी पौडेलले महिलाबाट सञ्चालित आश्रमले देवघाटको गरिमा बढाएको बताए । प्रमुख अतिथी पौडेलले भुकम्प पुननिमार्ण प्राविधिकारणको सहयोगमा कल्पवास क्षेत्रमा १६ वटा कुटी निमार्ण भइरहेको बताउदै सो कुटी अस्हाय , भुकम्पले कुटी भत्किीएका लागि दिने जानकारी दिए । यस्ता कुटि बेच्न ,साट्न पनि नपाउने प्रमुख अतिथीले प्रष्टाए ।न्दिरा सन्यास आश्रमका पिठाधिश इश्वरानन्द सरस्वती जी महाराजले नेपालको धर्म सस्कृति संरक्षण र सम्र्बद्धनमा महिलाजगत्को अमुल्य योगदान रहेको बताइन् । महिला पनि स्वतन्त्र रुपमा आश्रममा वस्न सहज होस् भनेर आश्रम खोलेको प्रष्टाउदै कल्पवासका महिलाका लागि गरिएको उक्त कार्यक्रमको प्रशंशा गरिन् ।
सो कार्यक्रममा उपस्थित भरतपुर वडा १ का कार्यवाहक अध्यक्ष राममाया पियाले आश्रम परिसरमा आउदा आनन्दको अनुभुति भएको बताइन् । उनले एकल महिला ले पनि ७० वर्ष पछि वृद्ध भत्ता पाउने भन्दै राज्यले दिएको सो अधिकार लिन सुझाप दिइन् ।, देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले देवघाट क्षेत्रमा रहनु भएका आमाहरु बिच गरिएको कार्यक्रमले नारी दिवसको सार्थकता पाउने बताए । उनले यस्ता कार्यक्रमहरु आवश्यक रहेको भन्दै क्षेत्र विकासले जेष्ठनागरिक वृद्धवृद्धालाई प्राथकिता नै राख्ने गरेको भनाई राखे । सो अवसरमा आश्रमका गोकुलानन्द सरस्वतीले स्वागत मन्त्वय दिइन् भने , निवृत प्रहरी सहायक निरिक्षक दुर्गा देवी शर्मा ज्ञवाली नारी शिर्षकको कविता सनाईन् ।

विश्व शान्ति महिला संघ चितवनकी अध्यक्ष सुमित्रा पौडेल आँचलले कल्पवासमा रहेका महिला जेष्ठनागरीक बिच कार्यक्रम गर्न पाउदा खुशी लागेको बताइन् । सो अवसरमा आश्रममा नै सेलरोटी पकाएर खाजा खुवाउनुको साथै २५ हजार बराबरको सहयोग गरिएको अध्यक्ष पौडेलले जानकारी दिइन् ।अध्यक्ष पौडेलले कार्यक्रमले विश्व शान्ति महिला संघ इटली च्याप्टरले (डब्लु एफडब्लु पि) वृद्धाहरुको लागि भन्दै २० हजार आर्थिक सहयोग गरेको बताइन् ।
कार्यक्रममा देवघाटको कल्पवासमा रहेका  ५५जना जेष्ठ नागरिक महिलाहरु सहभागी भएका थिए ।

 

 

प्रतिकृया दिनुहोस