शिवरात्रीमा भजन प्रतियोगीता

चितवन ,फागुन २२
वैदिक सनातनीहरुको महान् चाड महाशिवरात्रि सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा सहित विभिन्न कार्यत्रम गरि मनाइएको छ ,
यस वर्ष पनि महाशिवरात्राीको अवसरमा कालिका मिडिया र महाकालेश्वर शिव मन्दिरको संयुक्त आयोजनामा बृहत भजन महोत्वस सम्पन्न गर्यो ।मन्दिर परिसर भरतपुर १० मा भएको बृहत भजन महोत्वसमा भरतपुर १५ रहेको त्रिशक्ति भजन समूह प्रथम भएको छ । रतपुर ९ मा रहेको त्रिशक्ति भजन समूह द्धितिय भएको छ भने देवघाटमा रहेको रामजानकी बालिका आश्रम तेश्रो हुन सफल भएको छ ।
सान्त्वना पुरस्कार भने महाकालेश्वर शिब मन्दिरले हात पारेको छ । प्रथम हुने समूहले नगद रु २० हजार प्राप्त गरेको छ भने दोश्रो हुने समूहले १५ हजार र तेश्रो समूहले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कार नगद रु ६ हजार प्राप्त गरेका छन् । भजन महोत्सवको गलेश्वर आश्रम देवघाटका पिठाधिस अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले पानसमा दिप प्रज्वलन गरीे उदघाटन गर्नु भएको थियो गलेश्वर आश्रम देवघाटका पिठाधिस अनन्त श्री विभुषित महाकालेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले पानसमा दिप प्रज्वलन गरी महोत्सवको उदघाटन गर्नु भएको थियो ।उद्घाटन सत्रलाई सम्बोधन गर्दै गिरिजी महाराजले ३ वटा रात्रीहरुको महत्व विशेष रहेको भन्दै सर्प र विषलाई पनि आत्मसाथ गर्न सक्ने शिव भगवान्को प्राक्ट्यको दिन शिवरात्रीको महत्व अपार भएको बताउनु भयो । ।स्त्री र पुरुषको शक्ति सन्तुलन पनि भगवान शिवबाट सिक्न सकिने उहाँले बताउनुभयो ।भगवानको पुजा अर्चना सधैं गर्नुपर्नेमा जोड दिदैं ब्रत गर्नेहरुले हिंसा कहिल्यै गर्न नहुने बताउनुभयो ।हिंसा गर्नेहरुको चित्त शुद्ध नहुने उहाँले दाबी गर्नुभएको छ । कार्यक्रममा राष्टिय धर्म सभा चितवन अध्यक्ष मुना गुरुगंले शिवरात्रीको महत्वलाई मानव जातीले बुझ्न पर्ने बताउनु भयो । पत्रकार महासंघका केन्द्रिय सदस्य सिर्जना अर्यालले धर्म संस्कृति सरक्षणमा कालिका मिडियाले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताउनुभयो ।उहाँले शिवको आराधना महिला पुरुष सबैले गर्नुपर्ने भन्दै शिवरात्रीलाई लागुपदार्थ सगँ नजोड्न आग्रह गर्नुभयो । आफ्नो स्थापनाकालदेखि नै कला, धर्म र संस्कृतिको संरक्षण एवं संवद्र्धनमा अग्रणी भुमिका निर्वाह गर्दै आईरहेको कालिका मिडियाले मन्दिरसंगको सहकार्यमा हरेक बर्ष महोत्सव गर्दै आएको कालिका एफ एमका स्टेशन म्यानेजर ओमप्रकाश आचार्यले जानकारी जानकारी दिनु भयो ।महाकालेश्वर मन्दिरमा जारी बृहत भजन महोत्सव सम्पन्न गर्नका लागि मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष वामदेव शर्माको संयोकत्वमा मुल समिति र ११ उपसमिति समेत गठन गरिएको थियोे ।महोत्सवमा दुई दर्जन भन्दा बढी भजन समुहले सहभागीता जनाएका थिए ।
शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस