अन्तर्राष्ट्रिय स्तरको शिव साधना महाअनुष्ठान हुने
मदनबाबा दिव्य ज्योति प्रतिष्ठान कैलाली धनगढीको संयोजन अन्तर्राष्ट्रिय स्तरको शिव साधना महाअनुष्ठान हुनर श्रद्धालु भक्तजनहरुको आयोजनामा पश्चिम नेपालको सुविख्यात शहर नेपालगन्जमा यही फागुन १६ गतेदेखि महाशिवरात्री २०७५ को पावन अवसरमा अन्तरराष्ट्रिय स्तरको पाँच दिवसीय श्री पिण्डेश्वर शिवलक्ष्मी साधना महा अनुष्ठान हुने भएको छ ।
साधनामा देश विदेशका दुई हजार संख्यामा साधकहरुले सहभागिता जनाउने प्रतिष्ठानका काठमाडौ शाखाका प्रतिनिधि सरु श्रेष्ठले जानकारी दिनुभएको छ । साधना शिबिरमा महारुद्राभिषेक, सवाकरोड दीप प्रज्वलन , प्रवचन , आशिर्वचन ,रोग दोष अशान्ति विघ्नबाधाको उद्धार उपचारलगायत कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ । आयोजना तयारीमा स्थानीय भक्तजनहरुको व्यापक सक्रियता देखिएको र नेपालगञ्ज उपमहानगर पालिका वडा नं १० को भेरी प्राविधिक शिक्षालय पछाडिको चौरमा भव्य पण्डाल लगाउने कार्य भैरहेको जानकारी छ । भगवान शिवका परम उपासक मदन बाबाले आफूलाई स्वत : प्राप्त भएको ईश्वरप्रदत्त शक्तिद्वारा आम जनताको शारीरिक तथा मनोबैज्ञानिक रोगको निशुल्करुपमा उपचार र उद्धार गर्दै देशव्यापी रूपमा उद्धार शिबिर गर्दै आउनुभएको सन्दर्भमा भक्तजनहरुका लागि दिव्य अनुभूति गराउन यो साधना शिबिर आयोजना गरिएको हो ।
यसअघि पनि तीनवटा यस्ता साधना अनुष्ठान राष्ट्रियस्तरमा सम्पन्न भैसकेका छन् भने अन्तर्राष्ट्रिय स्तरको यो साधनामा युरोप अमेरिका अरब लगायतका देश महादेशमा बस्ने गैर आवाशिय नेपालीका साथै नेपाल र भारतका साधकहरु सहभागी हुने आयोजकको भनाइ छ । साधनामा सहभागी हुनेलाई पाँच दिनसम्मको खाने बस्ने व्यवस्थापन आयोजक समितिले गरेको छ । भोजन आवासका लागि पाँच दिनको एकमुष्ट २२००/ रुपैयाँ बुझाउनुपर्ने र साधनामा बस्दाको बस्त्र पहिरन सहभागी स्वयंले व्यवस्था गर्नुपर्ने बताइएको छ । बिगत केही महिनादेखि बाबाले काठमाडौ उपत्यका केन्द्रित उद्धार शिबिर सञ्चालन गर्नुभएको थियो । उपत्यकामा भएका आधा दर्जनभन्दा बढी शिबिरबाट हज्जारौंको संख्यामा लाभान्वित भएको शिबिर संयोजक सानोठिमी भक्तपुरका समाजसेवी चन्द्रप्रकाश गिरिले बताउनुभयो । परम उद्धारकर्ता संकटमोचन मदन बाबाको दिव्य शक्तिबाट गरिएको उपचारले उच्च रक्तचाप लगायत धेरै रोगहरुमा निको हुने गरेको र गंगालाल राष्ट्रिय हृदय केन्द्र्का मुटुरोग विशेषज्ञ डा रोशन राउत स्वयं बाबाको उद्धार शिबिरमा सहभागी भएको देखेर आफू चकित भएको कुरा विश्व हिन्दु महासंघ राष्ट्रिय समिति बाँसबारीका का बा महासचिव अरुणकुमार पाण्डेले बताउनुभयो । मदन बाबाले उपचारको क्रममा दैनिक १५ मिनेटसम्म लामो स्वरले ॐकार उच्चारण गराउने गरेकोमा आफूलाई अत्यन्तै खुशी लागेको ॐकारवाणीका प्रकाशक सम्पादक समेत रहेका पाण्डेले बताउनुभयो ।
प्रतिकृया दिनुहोस