गुप्तनवरात्रामा मेहश सन्यास आश्रम देवघाटममा महायज्ञ
भरतपुर माघ १४
नेपालको प्रसिद्ध देवघाटधाममा रहेको महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलले यस वर्षको गुप्त नवरात्राको अवसर पारेर यहि माघ २२ गतेबाट फागुन १ गते सम्म देवघाटधाम २०७५ विराट ज्ञान महायज्ञ गरिने भएको छ । महायज्ञ मुल समारोह समितीले सोमवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि महायज्ञको वारेमा जानकारी गराइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने उद्घाटन समारोहमा
गुरुकुल शिक्षण भवन एव ज्ञानसभाको समुद्रघाटन पनि गरिने भएको छ । महायज्ञका लागि १००८ सदस्सीय मुल आयोजक समिती र ६० भन्दा बढि जील्लामा सहयोग समिती समिती गठन गरिएको महायज्ञ मुल समारोह समितीका महासचिव डा. गुरु प्रसाद सुवेदीले जानकारी दिनु भयो ।उहाँले महायज्ञअन्तर्गतको ज्ञान सभामा विशिष्ट विद्वान एवम् सन्त महन्तहरुबाट गुरुकुल शिक्षा, वैदिक परम्परा र संस्कृत शिक्षाको विषयमा प्रवचन कार्यक्रम रहेको छ । महायज्ञले धार्मिक पर्यटन प्रवद्धनमा टेवा पुग्ने समेत महासचिव सुवेदीले प्रष्टाउनु भयो ।
गुप्त नवरात्रीको अवसरमा १० वर्ष अघि ब्रहलीन श्री १००८ डा .स्वामी रामानन्द गिरीज्युको सतंसकल्पमा महायज्ञ लगाइएको थियो । त्यसैको निरन्तरता यस महायज्ञ भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आश्रम तथा गुरुकुलको स्थापना २०५० सालमा भएको थियो । कािर्यक्रममा महेश सन्यास आश्रमका पिठाधिश श्री १००८ स्वामी रमणानन्द गिरिी ,नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा ,समाजसेवी उमाशकंर अग्रवाल लगायतको समेत उपस्थिती रहेको थियो
देश तथा विदेशबाट हजारौं भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको महायज्ञबाट देवघाटधामको परिचय देशविदेशमा पुगेर पर्यटकीय महत्व बढ्दै जाने अपेक्षा राखिएको महायज्ञको सञ्चार समन्वय एवम् प्रचारप्रसार उपसमिति संयोजक टंकनाथ पौडेलले बताए ।
प्रतिकृया दिनुहोस