श्री स्वस्थानी व्रतकथा आज बाट शुरु

यस वर्षको श्रीस्वस्थानी व्रतकथा  आज बाट शुरु भएको छ ,पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म रहने यो व्रत पौष शुक्ल पूर्णिमा आज बाट शुरु भएको हो । एक महिनासम्म माघ स्नान गरी श्रीस्वस्थानी माताको व्रत धारणका साथै कथा श्रवण गरिने यस पर्वका अवसरमा स्वस्थानीको कथा सुन्नु माात्र पनि पुण्य हुने मान्यता रहेको छ ।

 यो व्रतकथामा ३१ अध्याय रहेका छन् । प्रत्येक दिन विहान र वेलुका व्रतालुले ले १ अध्याय कथा सुन्ने गरिन्छ । 

पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मर्त्य लोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेका थिए ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालिनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने विश्वासमा ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । यो व्रत बस्ने भक्तजनले व्रत अवधि भरी शुद्ध आहार गर्ने गर्छन् । माछा मासु , तामसी खाना , बाहिरको खाना , प्याज लसुनको सेवन गर्दैनन् । यसरी शरिर तथा मनलाई शुद्ध बनाएर व्रत बसिने तथा भगवान्को आराधना गरिने भएकाले यसको महत्व ज्यादै छ अधिकांश नेपालीहरुले यो व्रत बस्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस