तुलसी खाउ रोग भगाउ
धार्मीक मान्यता अनुसार तुलसीको आफ्नै छुट्टै मान्यता छ । सोही मान्यता अनुसार धेरैको घर आँगनमा तुलसी रोपिएकै हुन्छ । त्यती मात्र नभई आर्युवेदमा पनि यसको खास महत्व छ । त्यसैले तुलसी धार्मीक् तथा आर्युवेद आन्यता अनुसार यसको मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ ।
तुलसी जाडो याममा निकै उपयोगी हुन्छ । किनभने जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले औषधीको काम गर्छ । आर्युवेदीक मान्यता अनुसार दिनहुँ तुलसी सेवन गर्ने निरोगी हुन्छन । विधिपूर्वक नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन । तुलसी सेवन गरिरहँदा अनेकौ रोगबाट सुरक्षित भइन्छ ।
अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनकालागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।
बिहान खाली पेटमा चार/पाँच तुलसीको पात सेवन गर्नुपर्छ । यो पातलाई दुई चम्चा पानीसँग वा पिसेर सेवन गर्न सकिन्छ । त्यसो त चार/पाँच वटा पात चपाए पनि फाइदा गर्छ । तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने पनि कफ निकाल्छ । छातीको दुखाई पनि कम गर्छ । स्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ ।
तुलसीको प्रयोगले ज्वरोको समस्या पनि हुँदैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिउनुपर्छ ।
प्रतिकृया दिनुहोस