भारतीय प्रधानमन्त्री मोदीले दिएको श्रीखण्ड चन्दन आजदेखि पशुपतिनाथमा चढाइने

 

३ मंसिर, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिनुभएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा आजदेखि चढाइने भएको छ ।

विसं २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले दुई हजार ५०० किलोग्राम श्रीखण्ड चन्दन अर्पण गर्नुभएको थियो ।

पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि आजदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गर्नुभएको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो

कालीका न्युज बाट।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...