चितवनका दुग्ध उत्पादन सहकारी तथा फर्महरुको ज्ञापनपत्र


भरतपुर ,श्रावण १७
दुग्ध विकास संस्थानले केही समय अगाडी दुधको मुल्यमा गरेको कटौतीमा पश्चिम चितवनका दुग्ध उत्पादन सहकारी तथा फर्महरुले असन्तुष्टी ब्यक्त गरेका छन् । साउन १२ गते पश्चिम चितवनका दुग्ध सहकारी र फर्महरुको भेलाले निर्णय गरे बमोजिम मुल्य कटौतीमा असहमती जनाउदै भरतपुर महानगरपालिका मार्फत दुग्ध विकास संस्थानमा विभिन्न ४ वुद्धे माग पत्र सहितको आन्दोलनको कार्यक्रम सहितको ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा हाल पशुपालन ब्यवसायमा दाना,चोकर र पशु आहाराको मुल्य ज्यादा भएको कारण संकट परिरहेको समयमा यस अधि पाईरहेको मुल्य समेत कटौती हुदाँ थप मारमा परेको बताईएको छ । जनकल्याण दुग्ध उत्पादन सहकारी संस्थाको अगुवाईमा पश्चिम चितवनका विजय दुग्ध उत्पादक सहकारी, तुलसी गाई फर्म , गुन्जनगर दुग्ध उत्पादन सहकारी, शुभ लक्ष्मी दुग्ध सहकारी, शान्ती दुग्ध सहकारी,कुशल गाईफार्म, कामधेनु गाई फार्मको प्रतिनिधिहरुले भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउदै जनकल्याण दुग्ध उत्पादन सहकारीका अध्यक्ष सुर्यहरी मरहठाले ७ दिन भित्र माग पुरा नभए , श्रावण २५ गते देखि चितवनमा दुग्ध ढुवानीका सवै सवारी साधनलाई चितवनमा चल्न नदिने, दुग्ध विकास संस्थानका चिस्यान केन्द्र कब्जा गरि सहकारीहरुले संचालन गर्ने, दुध विक्रीको वैकल्पीक ब्यवस्था गर्ने र समस्या समाधान नभए संस्थानका महाप्रवन्धक लगायत पदाधिकारीको राजिनामा माग गर्ने बताउनु भयो ।

ज्ञापनपत्रमा महानगरपालिकाले समेत दुधमा अनुदान वापत ५ रुपैया सम्म अनुदानको ब्यवस्था गर्न माग गरिएको छ । भरतपुर महानगरपालिकाले यस अधि प्रतिलिटर २५ पैसा प्रतिलिटर अनुदान दिदै आएको थियो । कालीका एफएमबाट

प्रतिकृया दिनुहोस