३६ घण्टा लामो निर्जल र निराहार उपवासपछि जितिया पर्व सम्पन्न

काठमाण्डौ । मिथिलाञ्चललगायत मधेसका विभिन्न ठाउँमा मनाइने जितिया पर्व ३६ घण्टा लामो निर्जल र निराहारपछि सम्पन्न भएको छ ।

सन्तानको दीर्घजीवन तथा पारिवारिक सुःख शान्तिका लागि मनाइने जितिया पर्व गएको सोमवारदेखि नै धार्मिक विधिअनुसार शुरु भएको थियो । मङ्गलवार बिहान ४ बजेदेखि हिजो बेलुकी सवा ५ बजेसम्म व्रतालु महिला उपवास बसेका थिए ।

यसरी उपवास बसेका महिलाले हिजो बेलुकी सवा ५ बजे पवित्र नदी, पोखरी र तलाउ तथा जलाशयमा नुहाएर अन्तिम पूजा गरी दही, चिउरा, अमोट, सख्खर र काँक्रोको प्रसाद चढाएर व्रत सम्पन्न गरेका छन् ।

यसरी व्रत समापन गर्ने विधिलाई मिथिलामा पारण भनिन्छ भने पारण गरेर व्रतालु महिलाले आ–आफ्ना घरमा देवतालाई चढाएका प्रसाद ग्रहण गर्नुका साथै विभिन्न खानेकुरा खाने चलन रहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आश्विनकृष्ण इन्दिरा एकादशीको धार्मिक महत्व !

काठमाडौं । मिती २०८१ साल आश्विन १२ गते शनिबार आश्विनकृष्ण इन्दिरा एकादशी तिथी अपराह्न: ४ / ५२ बजे...