गैँडाकोटको थुम्सीमा विश्वकर्मा मन्दिरको शिलान्यास

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा विश्वकर्मा मन्दिरको शिलान्यास गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सीमा एक कार्यक्रमका विच मन्दिरको शिलान्यास गरिएको हो ।गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी र विश्वकर्मा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर गुरुङले आज संयुक्त रुपमा मन्दिरको शिलान्यास गर्नुभएको हो ।

राजमार्ग सँगै रहेको पुरानो मन्दिर सडक विस्तारका क्रममा हटाईएपछि सोहि स्थान नजिकै अर्को नयाँ मन्दिर निर्माण गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका सचिव कल्पना अधिकारी (देवकोटा) ले जानकारी दिनुभयो । एकवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो मन्दिर निर्माणका लागि करिव ५० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

मन्दिर शिलान्यास कार्यक्रममा गैँडाकोट वडा नं. ९ का अध्यक्ष धामनाथ सापकोटा, निर्वतमान अध्यक्ष प्रेमप्रसाद सापकोटा मन्दिरका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भोलिदेखि सोह्र श्राद्ध शुरु हुँदै

काठमाडौं ।  यो वर्षको सोह्र श्राद्ध भोलि (बुधबार)देखि शुरु हुँदैछ। चलनमा रहेको पञ्चाङ्ग (पात्रो) ...