काठमाडौं ।
आवास होस् वा अफिसियल भवन, किनबेच गर्नुपर्यो भने वास्तुशास्त्रअनुसार बनेको छ कि छैन भनेर हेर्ने चलन अहिले व्यापक हुँदै आएको छ।
घर निर्माण गर्दा इन्जिनियरले त्यो घरलाई कसरी राम्रो र बलियो बनाउने भन्ने कुरामा मात्र ध्यान दिन्छन् भने वास्तुशास्त्रीले सो घरमा बस्ने मानिसलाई स्वस्थताका साथै आर्थिक, सामाजिक, मानसिक रूपमा कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन्छन्। ‘बेड देख्दा आरामदायी छ तर त्यसमा सुत्दा निद्रा नै लाग्दैन भने वास्तुशास्त्रअनुसारको निद्रा लाग्ने स्थानमा बेड सार्नुपर्यो नि’, गर्गाचार्य अ कम्प्लिट वास्तु सोलुसनका युवा वास्तुविद् श्यामबाबु आचार्य तर्क गर्छन्।
दैनिक जीवनमा प्रभाव पार्ने सूर्यको किरण, हावाको बहाव, विद्युतीय तरंग, चुम्बकीय ध्रुव आदिको संयोजन सन्तुलितरूपमा गर्न सकिएन भने जीवनमै नकारात्मक प्रभाव पर्छ। यिनै तत्वहरूको संयोजन मिलाएर आवास, कार्यालय वा कोठाहरूको निर्माण एवम् व्यवस्थापन गर्नुपर्छ। आवास भवन वा कोठाहरूको सम्बन्ध त्यहाँ रहने मानिसको स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। त्यसैले भवन निर्माणमा वास्तुशास्त्रीको समेत सल्लाह अपरिहार्य भइसकेको छ।
पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने भएकाले भवन बनाउँदा नै सो भवनको पूर्वी भाग केही होचो हुने किसिमले बनाउनुपर्ने हुन्छ। यसले वायुको प्रतिरोधको सामना गर्ने हुन्छ। यही सिद्धान्तअनुसार धेरैजसो मोटर गाडीको अगाडिको भाग केही होचो गरी बनाइएको पाइन्छ।
घरको बाहिरी स्वरूप मात्र नभएर भित्री बनावट पनि वास्तुअनुसार हुनुपर्छ। त्यसैले आजकल घरको नक्सा बनाउने इन्जिनियरहरूले वास्तुशास्त्रीको समेत मद्दत लिने गरेको पाइन्छ। हाम्रा पुराना दरबार, मन्दिर, आवास गृहहरू पनि प्रायः वास्तुशास्त्रअनुसार बनाइएको पाइन्छ। हजारौं वर्षअगाडि ऋषिमुनिद्वारा प्रतिपादित वास्तु विज्ञानलाई अवलम्बन गरी बनाइएको घरमा बसेर स्वस्थ, यश, ऐश्वर्य र सुख–शान्तिको जीवन जिउन सकिने वास्तुविद्हरूको धारणा छ।
बैठक कोठाको निर्माण र डेकोरेसन
बैठक कक्ष घरको वायव्य (उत्तर–पश्चिम) मा हुनु राम्रो मानिन्छ। बैठक कोठाको तय गरिसकेपछि यस कोठाको दक्षिण–पूर्वी (आग्नेय) कोणमा अग्नि तत्व भएका टेलिभिजन, फ्रिज, टेलिफोनजस्ता विद्युतीय उपकरण राख्नुपर्छ। सोफासेट उत्तर फर्काएर राख्नु उत्तम हुन्छ। पूर्व–उत्तर (ईशान) कोण वा उत्तर दिशामा पनि सोफा राख्न सकिन्छ। यदि ड्रेसिङ टेबुल राख्ने हो भने पूर्वतर्फ राख्नुपर्ने हुन्छ। टेलिफोन सेट उत्तर वा वायव्य कोणमा पनि राख्न सकिन्छ। कम्प्युटर भने उत्तर फर्केर काम गर्न मिल्ने गरी राख्नु उचित हुन्छ।
यदि अध्ययन कोठा पनि बैठक कोठालाई बनाउने हो भने पुस्तक राख्ने दराज वा र्याक पश्चिम फर्काएर राखिनुपर्छ। सोफाको खोल र पर्दाको रंग घरमूलीको राशिअनुसार मिलाउन पनि सकिन्छ। वायव्य कोणमा वायु तत्व हुने भएकाले यहाँबाट प्रवेश गरेको वायुले जीवनदायिनी शक्ति प्रदान गर्छ। त्यसैले यो कोणबाट ताजा हावा आदानप्रदान हुन्छ। पंखा राख्ने पनि यही दिशापट्टि हो।
बैठक कक्ष अर्थात् भेटघाट कक्षमा आगन्तुक, पाहुनाहरूलाई दक्षिण वा पश्चिम दिशातिर फर्कने गरी सिटको व्यवस्था मिलाउनुपर्छ। तर घरको मूली वा कार्यालय प्रमुखलाई चाहिँ उत्तर वा पूर्वतर्फ फर्कने गरी व्यवस्था मिलाइएको हुनुपर्छ।
भान्साकोठा कता र कसरी व्यवस्थापन गर्ने ?
भान्साकोठा घरको पूर्व–दक्षिण (आग्नेय कोण)मा हुनुपर्छ। यस दिशामा अग्नि तत्व हुने भएकाले आगोको काम यहाँ गर्नुपरेको हो। उत्तर–पूर्व (ईशान) कोणमा कहिल्यै भान्साकोठा बनाउनुहुँदैन। यस दिशामा जल तत्व रहने भएकाले यदि यहाँ भान्सा गरियो भने आगो र पानी नमिलेजस्तै त्यस घरमा झगडा भइरहने, तनाव झेलिरहनुपर्ने हुन्छ। त्यसैले भान्साकोठा आग्नेय दिशामै बनाउनुपर्छ। भान्साकोठाभित्रको व्यवस्थापन पनि वास्तुशास्त्रअनुसार हुनुपर्छ।
-भान्साकोठाको दक्षिण–पश्चिम (नैऋत्य) मा खाद्यान्न राख्ने।
-पानीको गाग्री, पानीको जार, फिल्टर आदि उत्तर–पूर्व (ईशान) मा राख्ने।
-ग्यास सिलिन्डर दक्षिण–पश्चिम (नैऋत्य) मा राख्ने।

घर-भवन निर्माण गर्नुअघि वास्तु हेराउने प्रचलन छ । वास्तुद्वारा त्यसको संरचना, दिशा लगायतका कुरा निर्धारण गरिन्छ । के घर-भवन निर्माण गर्दा वास्तुशास्त्र अनुरुप बन्दोबस्ती गर्नुपर्छ ? वास्तु खासमा के हो ? यसको प्रभाव के हुन्छ ?
-आग्नेय वा पूर्व दिशामा चुलो राख्ने।
-पूर्व फर्केर पकाउन मिल्ने गरी स्ल्याब निर्माण गर्ने।
-सकेसम्म भान्सामा फ्रिज राख्नुहुँदैन, राख्नै परेमा पश्चिम वा दक्षिणमा राख्ने।
निद्रा लाग्दैन ? बेडरुम नै मिलेन कि !
झन्डै दैनिक ७–८ घन्टा शयन कक्षमा सुतेर बिताइने हुँदा यस कोठाको बनावट र डेकोरेसनले मानवजीवनमा निकै प्रभाव पारेको हुन्छ। बेडरुममा रुखबिरुवा राख्नुहुँदैन। यसले राति कार्बन्डाइड अक्साइड फाल्ने र अक्सिजन लिने हुँदा मानिसका लागि घातक हुन्छ। बेडरुममा डरलाग्दा तस्वीर पनि राख्नुहुँदैन।
विद्या प्राप्तिका लागि पूर्व दिशा र धन एवम् आयुका लागि दक्षिण दिशामा सिरान पर्ने गरी पलङ मिलाउनुपर्छ। पश्चिम सिरान भए सधैँ चिन्ता र उत्तर सिरान भए हानि हुने एवम् आयु क्षीण हुँदै जाने हुन्छ। साथै चुम्बकीय ध्रुवसँग सन्तुलन नमिल्नाले रक्तप्रवाहमा समेत असर पर्न सक्छ। दक्षिण सिरान गरेर सुत्दा चुम्बकीय तरंगको सकारात्मक प्रभाव पर्ने कुरा विज्ञानले समेत प्रमाणित गरेको छ।
बाथरुम/शौचालय त मिलेको छ ?
घरको पश्चिमपट्टि नुहाउने कोठा र शौचालय हुनु शुभ मानिन्छ। पूर्व र ईशान कोणमा कहिल्यै शौचालय बनाउनुहुँदैन। सकेसम्म नुहाउने कोठा र शौचालय फरक–फरक बनाउनु राम्रो हुन्छ। बेडरुमको उत्तरतर्फ एट्याच बाथरुम हुनुहुँदैन। वासबेसिनको प्रयोग पूर्व वा उत्तर फर्केर गर्ने किसिमले बनाइएको हुनुपर्छ।
नुहाउँदा पूर्व वा उत्तर फर्किन मिल्ने गरी सावर जडान गरिनुपर्छ।
-ट्वाइलेट बस्दा उत्तर वा दक्षिण फर्कने गरी प्यान वा कम्बोट जडान भएको हुनुपर्छ।
-वासमेसिन भएमा बाथरुमको पूर्वी भागमा राख्नुपर्छ।
-गिजर भएमा आग्नेय कोणमा फिट गर्नुपर्छ।
-बाथरुमको ऐना उत्तर वा पूर्वी भित्तामा हुनुपर्छ।
-बाथटबचाहिँ बाथरुमको वायव्य (उत्तर–पश्चिम) कोणमा राख्नुपर्छ।
-ईशान कोणबाट निष्कासन हुने गरी ड्रेन पाइप मिलाउनु राम्रो हुन्छ।
पानीको व्यवस्थापन
उत्तर–पूर्वी (ईशान) कोणमा जलतत्व हुने भएकाले इनार, अन्डरग्राउन्ड पानी ट्यांकी, धारा, बोरिङ आदि यस दिशामा निर्माण गर्नुपर्ने वास्तुविद आचार्य बताउँछन्। पानीका लागि दक्षिण दिशा धेरै अशुभ मानिन्छ।
यदि दक्षिण दिशामा पानीको व्यवस्थापन भइसकेको भए एउटा धारा भए पनि ईशान कोणमा निर्माण गरिहाल्नु श्रेयष्कर हुन्छ। ईशानबाट देवताको प्रवेश हुने हुँदा घरको माथिल्ला तलामा ईशान दिशामा पूजाकोठा बनाउनु राम्रो मानिन्छ।
घरको बाहिरी स्वरूप मात्र नभएर भित्री बनावट पनि वास्तुअनुसार हुनुपर्छ। त्यसैले आजकल घरको नक्सा बनाउने इन्जिनियरहरूले वास्तुशास्त्रीको समेत मद्दत लिने गरेको पाइन्छ।
बेडरुम बनाउँदा ख्याल गर्नै पर्ने कुरा
– पूर्व दिशामा बच्चाहरू सुत्नका लागि उपयुक्त हुन्छ। आग्नेय (पूर्व–दक्षिण) दिशामा सुत्दा स्वास्थ्यमा नराम्रो प्रभाव पर्ने हुन्छ। यस दिशाको शयन कक्षमा सुत्ने महिलाको बाँझोपन हुने सम्भावना हुन्छ।
– नैऋत्य (दक्षिण–पश्चिम) मा घरमूलीको शयन कक्ष हुनुपर्छ। पश्चिम दिशा शयन कक्षका लागि शुभ मानिन्छ। यस दिशामा सुत्दा तनावरहित भरपूर निद्रा प्राप्त हुने बताइएको छ।
-वायव्य (पश्चिम–उत्तर) कोणमा सधैँ वायु प्रवाह हुन्छ। पाहुनाका लागि यस दिशामा सुताउँदा घरमूलीमा मान, प्रतिष्ठा, इज्जत बढाउन मद्दत मिल्छ।
-उत्तर दिशामा शयन कक्ष हुनु नराम्रो मानिन्छ। यहाँ सुत्ने व्यक्ति सधैँ अशान्त र रिसाहा हुने हुन्छ।ईशान (उत्तर–पूर्व) दिशामा शयन कक्ष छ भने दाम्पत्य जीवनमा नराम्रो असर पर्न सक्छ।नेपाल समाचारपत्रबाट
प्रतिकृया दिनुहोस