महर्षि वाल्मीकि, जो रामायणका रचियता हुन् । पुराण अनुसार उनको जन्म नागा प्रजातिमा भएको थियो । ऋषिमुनि बन्नुअघि उनी एक डाकु थिए । त्यसबेला उनलाई रत्नाकर भनेर चिनिन्थे । भनिन्छ, वाल्यकालमा उनलाई एक निसन्तान दम्पतीले चोरेका थिए । उनीहरुकै काखमा रत्नाकर हुर्किए । जवान भएपछि रत्नाकरले विवाह गरे । विवाहपछि नै हो उनी कुकर्ममा लागेको । परिवारको पालन-पोषण गर्न रत्नाकरले डकैती गर्न थाले ।
एक पटक उनले जंगलको बाटो हुँदै कतै गइरहेका साधुहरुको समुहलाई हत्या गर्ने धम्की दिए । साधुले उनलाई ‘यो सबै पाप काम किन गरिरहेका छौं’ भनेर सोधे । रत्नाकरले आफ्नो र परिवारका गुजाराका लागि यस्तो काम गरेको बताए । तब साधुले उनलाई सम्झाए, ‘पाप कर्म तिमी गर्दैछौं, त्यसको सजाय पनि तिमी एक्लैले भोग्नुपर्छ । तिमी आफ्ना परिवारलाई सोध, के उनीहरुले तिम्रो यो पापको दण्ड साझेदार गर्नेछन्
भनिन्छ, यही विन्दुमा आइपुगेपछि रत्नाकरले आफ्नो कुकर्म त्यागे । र, सत्यको वाटो रोजे । उनी पाप मोचनका लागि नदि तटमा बसेर तपस्या गर्न थाले ।
जब रत्नाकर डाकु महर्षि वाल्मीकि भए
एक पटक उनले देखे कि, शिकारीले भाले सारसलाई मारेको । भाले मारिएपछि पोथी सारस विलाप गरिरहेको । सारसको मादक विलाप सुनेपछि वाल्मीकिको मनमा करुणा जाग्यो । उनी अत्यान्तै दुखी भए । त्यो दुखको क्षणमा अनायसै उनको मुखबाट एक श्लोक निस्कियो, ‘मां निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समा । यत्क्रौंचमिथुनादेकम् अवधीः काममोहितम् ।।
अर्थात जुन दृष्टले यो घृणित कार्य गरे, उसको जीवनका कहिल्यै खुसी मिल्नेवाला छैन । त्यस दुष्टले प्रेममा लिप्त पक्षीलाई वध गरे ।’ यस श्लोकसँगै वाल्मीकिलाई एक अलग ज्ञान प्राप्तिको अनुभव भयो । त्यसपछि उनले ‘रामायण’ जस्ता प्रशिद्ध महाकाव्य रचना गरिन् । त्यसलाई आम भाषामा ‘वाल्मीकि रामायण’ भनिन्छ । यसकारण वाल्मीकिलाई प्राचीन भारतीय महषिर् मानिन्छ ।
ऋषि वाल्मीकिद्वारा रचिएको रामायण एक यस्तो महाकाव्य हो, जसले रामको जीवनकथा पेश गर्छ । रामको माध्यामबाट यसले सत्यनिष्ठा, पिता प्रेम, कतव्र्य पालन, भाई-वन्धुसँगको प्रेम-वात्सल्य, सत्य र न्यायको धर्म आदिबारे प्रेरणा दिन्छ । रामायणको अनेक घटना घट्ने क्रममा सूर्य, चन्द्र र अन्य नक्षत्रको स्थिती कस्तो थियो भनेर उनले वर्णन गरेका छन् । यसबाट थाहा हुन्छ कि, उनी ज्योतिष विद्या एवं खगोल शास्त्रका पनि प्रकाण्ड ज्ञाता थिए ।
वाल्मीकिको अनमोल वचन
-यस संसारमा दुर्लभ चिज केही छैन, यदी उत्साह छाडिएन भने
– अहंकार मानिसको सबैभन्दा ठूलो सत्रु हो, त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ ।
– इच्छाशक्ति र दृढसंकल्पले मानिसलाई रंकबाट राजा बनाइदिन्छ ।
– पि्रयजनलाई पनि मोहवश अत्याधिक प्रेम गर्न थालियो भने यश हराउँछ ।
– दुख र विपद, जीवनको यस्तो दुई पाहुना हुन्, जो विना निम्तो आउन सक्छन् ।
– संसारमा यस्ता व्यक्ति धेरै कम हुन्छन्, जो कठोर तर हितको कुरा गर्छ ।
– कुनै वचन तोड्नाले अरु सबै सत्य कर्म पनि नष्ट हुन्छ ।
– संघर्षले नै मानिस महान बन्छन् । यदि जीवनमा अगाडि बढ्ने हो भने संघर्ष गर्न जरुरी छ ।
– असल व्यक्ति अरुलाई दुखबाट मुक्ति दिलाउन आफु दुख सहन्छ । तर, दुष्ट व्यक्ति अरुलाई सधै दुखमा पार्नका लागि प्रयासरत हुन्छन् ।
– नीच व्यक्तिको नम्रता पनि अत्यान्त दुखदायी हुन्छ, जसरी अंकुश, धनुष, सर्प र बिरालो झुकेर आक्रमण गर्छ ।
– कसैप्रति दुषित भाव राख्दा आफ्नै मन मैलो हुन्छ ।साभार अनलाईन खबरबाट
प्रतिकृया दिनुहोस