धार्मिक अास्थाकाे केन्द्र किल्चाेक अकला मन्दिर

विकास खनाल 

पहाडी भुभागले सिँगारिएकाे,खाेल्सि र पखेरिहरू पहिरिएर अग्लो भागमा अबस्थित,अत्यन्त मनमाेहक र अाकर्सक स्थानमा अाफ्नाे छुट्टै महत्त्व र इतिहास बाेक्दै धार्मिक अास्थाकाे केन्द्रकाे रूपमा बसेकाे मन्दिरको नाम हाे अकला मन्दिर।यहाँ महत्त्वपूर्ण सक्तिपिठ तथा परापुर्व कालदेखि धार्मिक स्थलको रूपमा पुजा गरिँदै अाएकाे पाइन्छ।धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य हुन सक्ने प्रचुर सम्भावना रहेर पनि यस मन्दिरले उचित प्रचारप्रसार तथा सँरक्षण र ब्यबस्थापन नपाउँदा अन्य अकलामा जसरि यहाँ पर्यटकहरू भित्र्याउन सकेको छैन। मन्दिरको स्थापना, अकला देवि काे पुजा यहाँ परापुर्व कालदेखि हुँदै अाएकाे भएपनि उचित प्रचारप्रसार र सँरक्षण हुन नसक्दा अाेझेलमा पर्दै अाएकाे हाे। २०४४ सालमा स्थानीय हरिराज वगालेका छाेरा सुवाेद अचानक सिकिस्त बिरामी भए र उपचारको लागि अस्पताल पुर्याइयाे।सुविधासम्पन्न अस्पताल पुर्याउँदा समेत "यहाँ हुन्न" भनियाे,त्याे सुनेर हरिराजले अात्तिदै अस्पताल बाटै भाकल गरे र मेराे छाेरा बचाइदिनुस अकला देवि भगवान म यहाँ लाग्ने खर्च सबै तपाईंको नाममा समर्पित गर्छु भने र घरमा अाइ पुजा सँगै सबै कुरा समर्पित गर्दा छाेरालाइ क्रमश सन्चाे हुँदै गयो ,यसले त्यहाँको महत्त्वलाई उजागर गर्नमा सहयोग गर्याे।त्यस्तै २०३९ साल चैतमा जङ्गलमा लागेको अागाेकाे झिल्काले टिपेर माथिल्लो किल्चाेक पारिगाउँमा रहेका २२/२३ घर सबै नस्ट भएको,गाेठमा बाँधेका गाई भैंसी मरेको र त्यहि बेला भारतकाे अासाममा कामकाे सिलसिलामा रहेका स्थानिय पशुपति नाथ घिमिरेले सपनामा गाउँमा अनिस्ठ भएको देखेको र किन यस्तो भयो भनी साेधखाेज गर्दै जाँदा रजस्वला भएको महिलाले अकलादेवि रहेको वरपर फाेगर गरेको,अन्यले पनि त्यहीँ लगेर जाँडका छाेक्राहरू फालेर असुद्द बनाएको हुँदा देवि रिसाएर यस्तो अनिस्ठ भएको हाे भन्ने बुजि पुजापाठ गरेर देवीको सँरक्षण गरि सान्ति गराएको भन्ने किम्बदन्ति रहेको छ।त्यस्तै २०२५ सालमा त्यहाँ सधैंभरि पानी अाइरहने पँधेराे अकस्मात सुक्याे,४ बर्सजति त्यहाँका मानिसहरू काकाकुल भए,के भएर यस्तो भयो भनेर गाउँलेहरू चिन्तित भए ,साेधखाेज गरे धेरैले दुख पाए,यसाेत्यसाे गर्दै जाँदा २०३० सालमा एकजना जान्ने सन्त भेट भयो,सन्त समक्ष सबै बृतान्त कहँदै दुख बिसाए,सन्तले त्यहाँ ठुला देवता छन तिमीहरूले वास्ता गरेनाै,रेखदेख गरेनौं,पुजापाठ,धुप अछेता गरेनौं त्यसकारणले याे अनिस्ठ भएको हाे,अब यहाँ पुजापाठ,धुप अछेता गर्ने र पवित्र यज्ञ गर्ने हाे भने राम्रो हुन्छ भनेपछि १३ जना ब्राह्मण राखेर १००० चण्डी पाठ गरेको र त्यसाे गर्दा पानी पलाउन थालेको,घण्टा बज्न थालेको र त्यहीँबाट साक्षात भगवान उत्पन्न हुनुभाे भन्दै हरेक समय पुजापाठ गर्न थालेकाे जनविश्वास रहिआएको छ। मन्दिरको बिशेसता, म्याग्दे गाउँपालिका वडा नँ ३ किल्चाेकमा रहेको अकला देवि मन्दिरमा भाकल गर्ने र अाफ्नाे मनाेकाँक्षा पूरा हुने बिस्वासका साथ भक्तजनहरू धेरै टाढा टाढा देखि अाउने गर्दछन।तनहुँका विभिन्न स्थान,कास्की,स्याङ्जा ,लमजुङ ,काठमाडौं तथा पाेखरा लगायतका ठाउँबाट यहाँ पुजा गर्न भक्तजनहरू अाउँदछन।यहाँ अाइ पुजा गर्दा नवाेलेका बच्चाहरू बाेल्ने गर्दछन भन्ने जनबिस्वास छ। एकै ब्यक्तिले एउटै थलामा बसेर १००० चण्डी पाठ गरेको,२०५५ सालमा याेगि नरहरि नाथले काेटिहाेम लगाएको,हरेक सालको बैसाख,साउन,कात्तिक र माग गरि ४ महिना रूद्रिपुजा गरिने,जर्मस्टमि,रामनवमि, श्रीपन्चमिमा विशेष पुजा गरिने, हुनाले पछिल्लो समय यहाँको महत्त्व बढ्दै गएको छ।पाठाे,कुखुरा ,हाँस ,काे बलि दिइने यहाँ अाैँशिकाे दिनमा पुजा गरिँदैन ।३ राेपनि क्षेत्रफलमा फैलिएको यश मन्दिरको अर्को बिसेसता भनेको बार्हैमास मिठो कटहर फल्ने तथा पाक्ने रहेको छ।२०३९ सालबाट यश मन्दिरमा पुजारीकाे रूपमा लामो समय काम गर्दै अाएका स्थानीय बयाेबृद्द पशुपति नाथ घिमिरेका अनुसार मन्दिर भित्र रहेको अग्लो सिलामा विभिन्न देविदेवताहरूकाे प्राकृतिक अाकृतिहरू देख्न सकिन्छ ।सुर्य,शिव,गणेश,सरस्वती ,बिस्णु,हनुमान र नागदेवता रहेको यश मन्दिरमा झुण्डाइएका घण्टाहरू कसैले नवजाउँदा पनि अाँफै बज्दछन।त्यस्तै मुख्य मन्दिरमा रहेको भगवान शिवको प्रतिककाे रूपमा रहेको उक्त शीला लाई मन्दिर निर्माण गरि सँरक्षण गरिएको छ।तर अचम्मको कुरा त के छ भने शिलाकाे भागलाई पुरै ढाकेर मन्दिर बनाइएपछि शिव भगवान सपनामा अाएर " मेरो पुरै शिला नछाेप्नु" भनेपछि केही भाग बाहिरबाटै देखिन सक्ने गरि मन्दिरको छाना निर्माण गरिएको छ। उद्देश्य , पृथ्वीराजमार्गकाे धयेँरे बाट ३ किलोमिटर दक्षिण दिशामा पर्ने र अग्लो डाँडामा अबस्थित शाश्वत भगवानकाे रूपमा रहेको यस मन्दिरमा दैनिक पुजापाठ लाई ब्यबस्थित गर्न १० लाखकाे अक्षयकोष स्थापना गर्ने,पिकनिक स्पाेट वनाउने,साधुसन्त अाउँदा बस्ने पाटि बनाउने ,बसपार्क बनाउने ,पानीको ब्यवस्था गर्ने,लगायतका उद्देश्य रहेको छ र यसैको अाधारमा पर्यटकीय धार्मिक स्थल बनाउने लक्ष्य राखिएको छ।पुर्वमा सिम्ले,पश्चिममा बतासेकाे पुर्वी भाग,उत्तरमा मडुवाबन तिलहार र दक्षिणमा पारिगाउँ पर्ने यहाँ जानकाे लागि माेटरबाटाेकाे ब्यबस्था छ।धार्मिक अास्थाकाे केन्द्र किल्चाेककि अकलालाइ माथि उकास्न तथा अझै बढी प्रचारप्रसार गर्न समयसमयमा महायज्ञ पनि लगाउने गरिँदै अाएकाे छ।

प्रतिकृया दिनुहोस