आषाढ महिनाको महिना श्रवण !

काठमाडौं । मिति २०८१ साल आषाढ १ गते शनिबार मिथुन आषाढ संक्रान्ति कालयुक्त नामसंवत्सर,श्रीसूर्य उत्तरायण,ग्रीष्मऋतु ,ज्येष्ठशुक्लपक्ष नवमी तिथी राती १ / १८ बजेसम्म त्यस उप्रान्त दशमी तिथी आरम्भ,उत्तर फाल्गुनी नक्षत्र प्रात : ७ / ५९ बजेसम्म त्यस उप्रान्त हस्ता नक्षत्र आरम्भ,व्यतिपात योग,बालव करण, श्रीसूर्यनारायण आषाढ १ गते शनिबार प्रात: ८ / १०बजे वृष राशिबाट मिथुन राशिमा प्रवेश गर्नुहुनेछ।त्यसैले यो दिनलाई षडशितीमुख नाम गरेको संक्रान्ति भनिन्छ।

महिनाको देवताको नाम वामन ,देवीको नाम कमला ,सूर्यको नाम रवि : हो।यो दिन मिथुन राशिमा सूर्य :, कन्या राशिमा चन्द्र : र वृष राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ। यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।

महिनाको फल यस प्रकार रहेको छ।
शनिबार संक्रान्ति परेको हुनाले माहामारी रोगहरू देखा पर्ने छ।उत्पादित वस्तुहरूको नोक्सानी हुने ,कृषिजन्य वस्तुको मूल्य वढ्ने छ।यो महिनामा विश्वघस्रपक्ष परेको हुनाले पहाडी वस्तिमा प्राकृतिक प्रकोप वर्षाले धनजनको नास हुने देखिएको छ।अत्याधिक जल वर्षाले जनजीवन अस्तव्यस्त हुनेछ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो

काठमाडौँ । आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् ।पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्...