कथाब्याससमाज नेपालको अध्यक्षमा सुवेदी

कथाब्याससमाज नेपालको अध्यक्षमा कुबेर सुवेदी
काठमाडौं  ,१५ जेठ,। राष्ट्रिय  कथाव्यास समाज नेपालको अध्यक्षमा पन्डित कुबेर सुेवदी चयन हुनुभएको छ ।काठमाडौमा जेठको दोस्रो साता  आयोजना भएको  राष्ट्रिय  कथाव्यास समाज”को दुईदिने वृहद् सम्मेलन तथा  अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको  हो  ।
नेपालका पुराणवाचक पण्डितहरुको साझा संस्थाको रुपमा रहेको कथाव्यास समाज नेपालको  , उपाध्यक्ष पदमा पण्डित बालकृष्ण अर्याल, महासचिव पदमा पण्डित राघव प्रसाद उपाध्याय, सचिवमा पण्डित सुरज पराजुली, कोषाध्यक्षमा पण्डित रामचन्द्र तिमल्सिना  कार्यसमिति सदस्यमा– सुधा शास्त्री, देवभट्ट बराल, मदनराज उपाध्याय, जगन्नाथ सुवेदी, मनोज नेपाल र सन्तोष आचार्य चयन हुनुभएको छ  । अध्यक्ष सहित सम्पुर्ण कार्यसमिति नै निविरोध चयन गरिएको निवार्चन समितिले जनाएको छ ।  निर्वाचन समितिको  प्रमुखमा  आत्माराम ढकाल,  सदस्यमा  प्रा.डा. गुरुप्रसाद सुवेदी र रामचन्द्र्र सिग्देल हुनुहुन्थ्यो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको राष्ट्रिय कथाव्यास समाजको संस्थापक (निवर्तमान) कार्यसमितिको अध्यक्षमा प्रा.डा.नवराज घिमिरे, उपाध्यक्षमा प्रा.डा.नेत्रविनोद भट्टराई, महासचिवमा राघव उपाध्याय, सचिवमा अनुराधा शास्त्री, कोषाध्यक्षमा कैलाश दाहाल तथा सदस्यहरुमा पण्डित गोकर्ण खनाल, प्रा.खेमराज घिमिरे हुनुहुन्थ्यो ।
रा
नवनिर्वाचित कार्यसमितिलाई नेपाल सन्त समाजका महासचिव प्रा.डा.गुरुप्रसाद सुवेदी, प्रा.डा  भवानी खतिवडा , पञ्चागं निर्णायक समितिका अध्यक्ष श्री कृण्ण अधिकारी , विश्व हिन्दु महासंघ  (अन्तर्राष्ट्रिय) समितिका महासचिव आचार्य शम्भुहरि बास्तोला, हिन्दु जागरण नेपालमा अध्यक्ष पण्डित रामकृष्ण उपाध्याय, लगायतले शुभकामना दिनुभएको छ ।सो राष्ट्रिय ;म्मेलनमा प्रा।डा।नेत्रविनोद भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कथाव्यासक्षेत्रमा एकरूपता ल्याउनको लागि सनातन धर्मको रक्षाको साथै सनातन हिन्दु राष्ट्र पुनः स्थापनाको  लागि समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्मेलनका क्रममा बताईएको छ । नेपालका कथाव्यासहरुको पहिलो सम्मेलेन देवघाटधाममा २०७६ सालमा आयोजना गरिएको थियो । हाल समाजमा ७०० भन्दा महिला सहित कथा व्यासहरु जोडिनुभएको सम्मेलनमा जानकारी गराएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो

काठमाडौँ । आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् ।पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्...